गुल्मी मुसिकोटमा १०२ वर्षीया आमाको हातबाट तिहारको तयारी

मौरिभिर बाट युनिक खवर✍️

गुल्मी — मुसिकोट नगरपालिका–९ मौरिभिरकी १०२ वर्षीया तिलकुमारी गुरूड० आमा अहिले पनि आफ्नै हातले तिहारको तयारीमा व्यस्त हुनुभएको छ।

उमेरले एक शताब्दी नाघिसक्दा पनि उहाँको उत्साह,मुस्कान र श्रमप्रतिको लगाव युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।तिहार पर्व नजिकिँदै गर्दा तिलकुमारी आमाले आफ्नै घरमा ढिकी चलाउँदै मकै कुट्न सुरु गर्नुभएको हो।उहाँको उद्देश्य आफ्नै हातले बनाएको मकैको सेलरोटी परिवार र पाहुनालाई खुवाउने।

मौरिभिरस्थित माटाको घरको दलानमा ढिकीको “टुक–टुक” आवाज गुन्जिरहेको थियो। गुरूड० आमाको हातको ताल र अनुहारको चमकले गाउँमा तिहारको रौनक थपिरहेको थियो।उहाँले हाँस्दै भन्नुभयो, ‘ढिकी चलाउँदा शरीर तात्छ,मन पनि तात्छ।पुरानो चलन बिर्सनु हुँदैन,यही हाम्रो जीवन हो’

परम्परागत सीप र जीवनशैलीलाई निरन्तरता दिँदै आउनुभएका आमाको घरमा पुग्नेहरूलाई स्वागत गर्न उहाँका छोरा हिराबहादुर गुरूड.,बुहारीहरू र नातिनी सुमित्रा गुरूड० ले आत्मीय रूपमा स्वागत गर्नुभयो।उहॅाहरूले आमाको श्रम र संस्कृतिको लगावप्रति गर्व व्यक्त गर्दै पाहुनाहरूलाई स्थानीय शैलीमा आतिथ्य प्रदान गर्नुभयो।

उहाँको यो जोश र परम्परागत अभ्यास नजिकबाट हेर्न युनिकखबर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेल,मुसिकोट–९ का वडाध्यक्ष भुमा गुरूड,वडा सदस्य बमबहादुर खत्री, र वामी प्रहरी प्रमुख बरिष्ठ सई प्रदिप कार्की समेत आमाको निवासमा पुग्नुभएको थियो।

उहॅाहरूले तिलकुमारी आमाको सक्रियता, संस्कृतिप्रतिको लगाव र श्रमप्रतिको समर्पणप्रति हार्दिक सम्मान व्यक्त गर्नुभयो।वडाध्यक्ष भुमा गुरूड. ले भन्नुभयो, ‘आमाले देखाउनुभएको जीवनशैलीले हाम्रो पुस्तालाई अनुकरणीय सन्देश दिन्छ संस्कृतिलाई जोगाउने जिम्मेवारी हामी सबैको हो’

स्थानीय बासिन्दाहरूका अनुसार तिलकुमारी आमा गाउँकै ज्येष्ठ बासिन्दा मात्र होइन,उनीहरूको सांस्कृतिक आत्माको जीवित प्रतीक पनि हुन्। उहाँले ढिकी जस्ता पुराना उपकरण प्रयोग गरेर अन्न कुट्ने,रोटी बनाउने र परम्परा जोगाउने कामलाई निरन्तरता दिँदै आउनुभएको छ।

युनिक खवर संगको कुराकानीमा नातिनी सुमित्राले भन्नुभयो ‘तपाईंले हेर्नुभयो भने हजुरआमाको हातमा अझै बल छ।उमेर १०२ वर्ष,तर मन र हिम्मत युवापुस्ताको जस्तै छ’

स्थानिय युवा चक्रबहादुर गुरूड० भन्नुहुन्छः ‘बज्यै हाम्रो आस्थाको केन्द्र हुनुहुन्छ’

युनिक खवर डट कम संगको कुराकानीमा शिब गुरूड० भन्नुहुन्छः ‘हाम्रो बज्यै १०२ वर्षको हुनु भयो, यो हामी सबैका लागि गर्वको कुरा हो।उहाँको माया, धैर्य र अनुशासनबाट हामीले जीवनको मूल्य सिक्यौं। उहाँ हाम्रा लागि प्रेरणाको स्रोत हुनुहुन्छ। भगवानले उहाँलाई अझ स्वास्थ्य र शान्त जीवन दिनुहोस् भन्ने हाम्रो कामना छ’

भुमिराज गुरूड० भन्नुहुन्छ ‘हामी सबै छोरा छोरी,नातिनातिनीहरूका लागि बज्यै हाम्रो आमा वा हजुरआमा मात्रै होइन, एक जीवित इतिहास हुनुहुन्छ। उहाँले हामीलाई परिवारको मूल्य,मेहनतको अर्थ र ममताको शक्ति सिकाउनुभयो।उहाँले १०२ वर्ष पूरा गर्नुभएकोमा हामी गर्वित छौं’

तिहारका अवसरमा तिलकुमारी आमाको हातबाट बन्ने मकैको सेलरोटी गाउँभर विशेष मानिन्छ। स्थानीयहरूले त्यसलाई ‘पुरानो स्वाद,आमाको माया’ भनेर चिन्ने गर्छन्।तिलकुमारी आमाको उदाहरणले आजको पुस्तालाई सम्झाइरहेको छ — परम्परा,श्रम र संस्कृतिको संरक्षण उमेरले होइन, मनले गर्ने हो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको