अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया राना

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया राना,सचिवमा उपरकोटीलाई सर्वाधिक मत, अरु को-को भए विजयी ?

नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फूलमाया रानामगर निर्वाचित भएकी छन् । गत शनिबार भएको क्रान्तिकारीको निर्वाचन अन्तर्गत आज सकिएको मतगणनामा राना विजयी भएकी हुन् । उनले ५९६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार कोषाध्यक्षसँगै सचिव पदको पनि मतगणना सकिएको छ ।

सचिव खुलामा सम्झना राई, प्रैम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल निर्वाचित भएका छन् । राईले खुलातर्फको सचिवमा सर्वाधिक मत ५४५ ल्याएकी छन् भने जैशीले ५११, जिसीले ३९२ र बस्यालले ३७२ मत प्राप्त गरेका छन् ।

यस्तै सचिव मधेशीमा ४६० मत प्राप्त गर्दै अमर मण्डल, सचिव खस आर्यमा ६१४ मत प्राप्त गदै जितेन्द्र भण्डारी र सचिव सहिद सन्ततितर्फ युन्छो हाङ मावो ५१० मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

त्यस्तै तिर्सना आलेमगर ४९८, समकृति पुनले ५२९, अर्टिष्ट मोक्तान ४१५ र आशा उपरकोटी ७४६ मत ल्याएर सचिवमा चुनिएका छन् । उपरकोटीले पाएको यो मत सर्वाधिक हो ।

अहिले उपमहासचिव, उपाध्यक्ष लगायतका पदको मतगणना भइरहेको निर्वाचन समतिलिे जनाएको छ ।

अहिलेसम्म अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ।

सापकोटा ४८१ र राईले ४६१ मत ल्याएका छन्। क्रान्तिकारीको अध्यक्षका लागि विजयप्रकाश सापकोटा र हेमन्त राईसहित सुदीन पौडेल र अवदेश यादवले उम्मेदवारी दिएका छन् । उम्मेदवार चार जना भएपनि मूख्यगरि विजयप्रकाश सापकोटा र हेमन्त राईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

अध्यक्षमा भिडिरहेका सापकोटालाई माओवादी नेतृत्वको समर्थन रहेको बताईएको छ । सापकोटालाई उपमहासचिव शक्ति बस्नेतले उम्मेदवार बनाएका हुन् । उनलाई पूर्व अध्यक्ष पञ्चा सिंह र हिमाल शर्मालगायतले साथ दिएका छन् ।

यता पूर्व मन्त्री सुदन किरातीका स्वकीय सचिव रहेका राईलाई उपमहासचिव जनार्दन शर्माको साथ छ । उनलाई हालै उमेरहद लागू भएर बाहिरिएका केही नेताले साथ दिएका छन् । हेडक्वाटरको समर्थन पाएका सापकोटा र संस्थापनइतर समूहका शर्माले उठाएका उम्मेदवार राईबीचको भिडन्तलाई रोचक रुपमा लिईएको छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको