तोलादी संस्कृति संरक्षण मन्चद्वारा आयोजित खुल्ला तीज गीत तथा नृत्य कार्यक्रम सम्पन्न

दिलु के सी✍️

गुल्मी, तोलादी संस्कृति संरक्षण मन्च मुसिकोट नगरपालिका ३ बडागाउँ तोलादीद्वारा आयोजित खुल्ला तीज गीत तथा नृत्य कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार तोलादी प्राथमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा ८ समूहले सहभागिता जनाएका थिए । सहभागी समूहले खुल्ला मौलिक तीज गित तथा नृत्य प्रस्तुत गरेका संस्कृति संरक्षण मन्चका अध्यक्ष विष्णुराज भण्डारीले जानकारी दिनुभयो ।

हिन्दु महिलाहरुको महान पर्वको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विशेष गरी संस्कृति बचाउने अभिप्राय रहेको थियो । ‘हाम्रो संस्कृति हाम्रो पहिचान युवालाइ अवसर पाकालाइ सम्मान’ भन्ने मुख्य उद्देश्यका साथ स्थापना भएको मन्चले विशेष अवसरमा समयसापेक्ष कार्यक्रम आयोजना गर्दै आएको छ ।

सहभागि ८ समुहमध्ये देविस्थान युवा क्लव ईस्मा प्रथम , पृथ्वी मावि बडागाउँ द्वितीय , न्यू स्टार युवा क्लव इस्मा तृतीय र जनजागृति मावि बडागाउं सान्तवना भएको छ जसमा प्रथम हुनेले ११ हजार र प्रमाणपत्र, द्वितीय हुनेले ९ हजार र प्रमाणपत्र , तृतीय हुनेले ७ हजार र प्रमाणपत्र , सान्तवना हुनेले ४ हजार र प्रमाणपत्र प्राप्त गरेका छन l

सहभागिमध्ये उत्कृष्ट नृत्यतर्फ त्रिभुवन मावि खर्बाङ्गले १ हजार नगद प्राप्त गरेको छ भने सहभागि सबैलाई १ हजार ५ सय सहभागिताबापतको रकम प्रदान गरिएको छ ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले प्रमुख अतिथिको रुपमा बोल्दै हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले मुसिकोटका अध्यक्ष प्रकाश काफ्ले, जिल्ला समन्वय समिति गुल्मीकी सदस्य साबित्रा भण्डारी, नेपाली काङ्ग्रेस मुसिकोटका सभापति झविलाल भण्डारी,नगर खेलकुद विकास समिति मुसिकोटका अध्यक्ष सन्दिप खत्री, महेन्द्र आदर्श नमुना माविका सहायक प्रधानाध्यापक अनन्तलाल भण्डारी, त्रिभुवन नमुना मावि खर्बाङका प्रधानाध्यापक ढालमणी भण्डारी लगायत शैक्षिक,बौद्दिक व्याक्तित्वको उपस्थिति रहेको थियो ।

सोहि कार्यक्रममा मुसिकोट नगरपालिका वडानम्बर ८ वामीका वडाध्यक्ष रमेश रसौली, वडानम्बर ३ बडागाउंका वडाध्यक्ष शंकर बहादुर रायमाझी, तुफान परिकल्पना युवा क्लव मुसिकोट देउरालीका अध्यक्ष महेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

मन्चका अध्यक्ष विष्णुराज भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन सचिव अर्जुन परियारले गर्नुभएको थियो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको