ओम बहादुर अधिकारी परिवारद्वारा त्रिभुवन माध्यमिक विद्यालयलाई ३ लाख सहयोग

रामकृष्ण कंडेल,वामीटक्सार

शैक्षिक तथा भौतिक पूर्वाधारको विकासका लागि बडिगाड गाउँपालिका–२ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालय लाई परोपकारी व्यक्तित्व ओम बहादुर अधिकारी र श्रीमती चन्द्रा देवी अधिकारी बाट रु तीन लाख तीन सय तेत्तिस रुपैयॅा सहयोग प्राप्त हुनेभएको छ।

बडिगाड २,सिमलचौर जन्मथलो भई हाल बुटवल निवासी अधिकारी दम्पतीले आफ्ना छोरा–बुहारीहरू

चित्र बहादुर–दुर्गा अधिकारी,

शिवजी अधिकारी,

राजु–लक्ष्मी अधिकारी,

सन्जय–शिव अधिकारी,

प्रेम–बसन्ती अधिकारी,

नविन–विन्दु अधिकारी,

र नाति–नातिनाहरू पवन, प्रसान्त, राहुल, रोहित, शिवसन, सिमन, प्रविसा, पल्वीस र अस्वीन अधिकारी सहितको तर्फबाट उक्त सहयोग उपलब्ध गराएका हुन्।

विद्यालयको “आवासीय विद्यालय तथा प्राविधिक शिक्षालय निर्माण” अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ (मंसिर २१ देखि २८) को अवसरमा यो आर्थिक सहयोग घोषणा गरिएको विद्यालयका शिक्षक कमल पौडेलले जानकारी दिनुभएको छ।

विद्यालय व्यवस्थापन समितिका अनुसार अधिकारी परिवारको सहयोगले संस्थाको शैक्षिक गुणस्तर, भौतिक संरचना तथा समग्र विकासमा महत्वपूर्ण टेवा पुगोस् भन्ने अपेक्षा राखिएको छ।

“विद्यार्थीको उज्ज्वल भविष्यका लागि गरिएको यो योगदान प्रशंसनीय र प्रेरणादायी छ,” विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद भुसालले युनिक खवर संगको कुराकानीमा बताऊनुभयो।

विद्यालय परिवारले अधिकारी परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँहरूको सुस्वास्थ्य,दीर्घायु र उत्तरोत्तर प्रगतिका शुभकामना व्यक्त गरेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको