वामीबासी जहाँ भए पनि एउटै परिवार — पुनर्मिलनमा दिलीप थापाको जोड

रामकृष्ण कंडेल,वामीटक्सार✍️

साबिक वामी ९ नम्बरबासी एक हौं भन्ने मूल नाराका साथ वामी नमुना समाज,मुसिकोट नगरपालिका–७,भेडुवा गाउँले आयोजना गरेको ऐतिहासिक पुनर्मिलन तथा भेटघाट कार्यक्रम २०८२ को दोस्रो दिन आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्ष समाजका संस्थापक अध्यक्ष तथा हाल वामी सेवा समिती जापानका अध्यक्ष दिलीप थापा रहनु भएको थियो। थापाले उपस्थित वामीबासीबीचको एकता र आपसी सम्बन्धमा जोड दिँदै भावनात्मक सम्बोधन गर्नुभयो। उहाँले भन्नुभयो ‘जहाँ भए पनि वामीबासी एउटै परिवार हौं।विदेशमा रहेर पनि गाउँ र समाजको माया कहिल्यै बिर्सिनु हुँदैन। वामी नमुना समाजले हामी सबैलाई एउटै सूत्रमा बाँधेको छ,अब यस एकतालाई अझ मजबुत बनाउनुपर्छ’

कार्यक्रममा गुल्मी समाज युकेका उपाध्यक्ष मुकुन्दहरी खराल,न्युजिल्यान्डबाट पर्शुराम खराल, जापानबाट दिलिप थापा,ईन्द्र थापा,सुवास परियार,पबित्रा थापा( महिला संयोजक),दिपसन राना र प्रेम खराल लगायतको विशेष उपस्थिती रहेको छ।साबिक वामी–९ मा जन्मिएका र विभिन्न राष्ट्रमा कार्यरत वामीबासीले स्वदेश फर्केर आफ्नो अनुभव व्यक्त गर्नपॅाऊदा हर्षित देखिनुभएको छ।

कार्यक्रममा कलाकार कमल बराल,लालु माया कुवर का प्रस्तुतीले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।यसैगरी,साबिक वामी–९ को विकास र सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ।

भलिबल प्रतियोगितामा १६ मध्ये ८ टीमको खेल आज अन्तिमदिन आयोजना हुने बताइएको छ भने लोकनृत्य प्रतियोगितामा ५ टीमले भाग लिएका थिए। वक्तृत्वकला प्रतियोगिता आज हुनेछ। भलिबल आज बिहान ८ बजे बाट र औपचारिक कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने प्रचार विभाग प्रमुख लक्ष्मण प्रसाद खराल ले युनिक खवर डट कम लाई जानकारी दिनुभयो।

कार्यक्रम सफल बनाउन स्थानियहरूको सक्रियता उल्लेखनीय रहेको छ।संयोजक ईन्द्र थापाको आग्रह छ ‘आज समापनको दिन सबैजना एकै साथ जुटौं,कार्यक्रम सफल बनाऔं’

कार्यक्रममा संयोजक ईन्द्र थापा,दिलिप थापा,मुकुन्द हरि खराल को विशेष सक्रियता देखिन्छ।दोस्रो दिनको कार्यक्रममा मुसिकोट–७ का वडाध्यक्ष हरिहर सापकोटा प्रमुख अतिथि रहनु भयो। कार्यक्रमको सञ्चालन लक्ष्मण प्रसाद खराल ले गर्नुभएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको