कृष्णहरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्रबाट एक वर्षमा झण्डै ३ हजार बिरामी लाभान्वित

बिष्णुप्रसाद आचार्य चकित,वामीटक्सार✍️

कृष्णहरि रुद्रावति सापकोटा आँखा उपचार केन्द्र मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मीबाट एक वर्षमा दुइ हजार, छ सय अडतिस जना आँखाका बिरामी लाभान्वित भएका छन ।

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्म दुइ हजार छ सय अडतिस जनाले सेवा लिएको उपचार केन्द्रका अपथाल्मिक टेक्निसियन दिपेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

बिं सं २०६९ सालदेखि सेवा दिन सुरु गरेको आँखा उपचार केन्द्रमा गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, बाग्लुङ्गको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, र गल्कोट नगरपालिकाबाट सेवाग्राही आउने गरेको कार्यालयमा कार्यरत मन बहादुर रानाले जानकारी दिनुभयो ।

आँखा उपचार केन्द्रमा दैनिक चौबिसै घण्टा आकस्मिक सेवा प्रवाह भैरहेको र नियमित रुपमा बिरामी चेकजाँच, औषधी तथा चस्मा वितरण र आवश्यक परामर्श सेवा प्रदान गर्दै आइरहेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा फागुन महिनाको ४ र ५ गते निशुल्क आँखा उपचार शिविर सन्चालन भएको थियो जसमा २०७ जनाले सेवा लिएकोमा ३४ जनाको सफल शल्यक्रिया गरी औषधी र चस्मा निशुल्क वितरणसमेत गरिएको साथै विविध कारणले ७ जनालाइ अन्यत्र रेफर गरिएको बताइएको छ ।

गत आर्थिक वर्षमा मुसिकोट नगरपालिका भित्रका विद्यार्थीको आँखा चेकजाँच, नगरपालिका भित्रका प्रत्येक विद्यालयका प्रतिनिधि शिक्षकलाइ आँखा चेकजाँच सम्बधि तालिमसमेत दिइएको उपचार केन्द्रका सन्चालन समितिका अध्यक्ष अग्निधर लोहनीले बताउनुभयो ।

आँखा उपचार केन्द्रमा अहिले नेत्र सहायक १ जना, आइ हेल्थ वर्कर १ जना र आइ हेल्पर १ जना गरी ३ जनाको दरबन्दि रहेको छ । केन्द्र सन्चालनको लागि सेवा फाउन्डेसनको आर्थिक अनुदान , मुसिकोट नगरपालिकाको आर्थिक सहयोग र आन्तरिक श्रोतबाट कार्यालय सन्चालन गरिएको टेक्निसियन ज्ञवालीले बताउनुभयो ।

आँखा उपचार केन्द्र सन्चालनको लागि २०७३ सालमा मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सार निवासी समाजसेवी कृष्णहरी सापकोटा र उहाँको सपरिवारले जग्गा र भवन गरी तत्कालिन समयमा एक करोड सत्तरी लाख बराबरको जग्गा र भवन निशुल्क प्रदान गर्नुभएको स्थानियले बताउने गरेका छन ।

उपचार केन्द्रले उच्च बसाइसराइले बिरामीको सङ्ख्यामा कमी, अत्यावश्यक , अत्याधुनिक उपकरणको अभाव, स्थानिय स्वयमसेविका लगायतलाइ उचित तालिमको अभाव, भौगोलिक विकटता, रुढिवादि परम्परा , बिरामीहरुमा जनचेतनाको कमी लगायतलाइ समस्या मानेको छ ।

केन्द्रले आगामी दिनहरुमा बैठक कक्षको सजावट , अप्रेशन कक्षमा सबै आवश्यक अत्याधुनिक उपकरणको जडान, कम्तिमा वर्षको दुइ पटक निशुल्क मोतियाबिन्दु अप्रेशन शिविर सन्चालन गर्ने , गरिबिको रेखामुनि रहेका कम्तिमा २० जनालाइ चस्मा र औषधि निशुल्क वितरण गर्ने, लुम्बिनी प्रदेश सरकारबाट बिनियोजित दश लाख रकमले कार्यालय घेराबार तथा तटबन्ध गर्ने लगायतका लक्ष्य राखेको छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको