पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला

पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ। हिलोमा अड्केर सोमबार काठमाडौंको बल्खु खोलामा खसेका पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला परेको हो।दुई दशक भन्दा लामो समय देखि कान्तिपुर दैनिक सँग सम्बद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउने कुशल पत्रकार मानिन्छन् ।उनी तनहुँका बासिन्दा हुन् ।असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उनको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले भूलसुधार गरेको थियो। त्यस यता बलराम कान्तिपुरमा कम भूमिकामा रहँदै आएका थिए ।उनले कान्तिपुरको निम्ति घरबाटै समाचार संयोजन गर्दै आएका थिए ।मदिरा सेवन गरेका र घर फर्कने क्रममा हिलोमा जुत्ता अड्किएर बल्खूको तरकारी बजारनेर खोलामा खसेका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए । तर उनले ती दुबै चिजको प्रयोग गर्न सकेनन् । आज बिहानसम्म परिवारको सम्पर्कमा आउन नसकेका उनको खोजीमा सेना,प्रहरीको व्यापक परिचालन भएको थियो ।प्रहरीको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार विहान मकवानपुरको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडा पुर्याइएको समाचार जन आस्थामा उल्लेख छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको