सांसद बिष्णुकुमारी सापकोटाले गर्नुभयो महेन्द्र आदर्शको बार्षिकोत्सब उद्घाटन
युनिक खवर✍️
महेन्द्र आदर्श नमुना माध्यमिक विध्यालय मु.न.पा.-७ वामीटक्सार गुल्मीको ६६ ओ बार्षिकोत्सव तथा अभिभावक दिवसको औपचारिक कार्यक्रमहरु सन्चालन भईरहेका छन।राष्ट्रियसभाकी सांसद बिष्णुकुमारी सापकोटा द्वारा कार्यक्रमको उद्घाटन गरिएको बिद्यालयका प्रधानाध्यापक देबिराम शर्माले बताऊनुभयो।बिद्यालयकी पुर्ब बिद्यार्थी समेत रहनुभएकी सांसद सापकोटा लाई प्रमुख अतिथीको रूपमा आमन्त्रण गरिएको प्रधानाध्यापक शर्माले बताऊनुभयो।कार्यक्रममा मुसिकोट नगरप्रमुख जिवलाल खरेल जीवन लगायत बिद्यालय संग सम्बन्धित ब्यक्तित्वहरूको बिशेष उपस्थिती रहेको छ।
युनिक खवर संगको कुराकानीमा प्रधानाध्यापक शर्माले आज प्रभातफेरि,आसन ग्रहण,राष्ट्रिय गान,स्वागत गीत,वार्षिक उत्सवको उद्घाटन,सरस्वतीको फोटोमा माल्यार्पण,अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता, प्रधानाध्यापकको प्रतिवेदन,शिक्षक सम्मान कार्यक्रमहरू सम्पन्न भईसकेका छन।
यतिखेर कार्यक्रमका अतिथीहरू बाट शुभकामना मन्तब्य राखिरहनु भएको छ।