तिजमा माईत नगई बाटो बनाऊन सकृय मायॅा अधिकारी लाई मेयरको धन्यबाद
रामकृष्ण कंडेल,वामीटक्सार✍️
तिजको दिन पनि जनताको सेवाको लागि बिकास निर्माणमा ब्यस्त रहनुभयो गुल्मी मुसिकोटकी कार्यपालिका सदस्य मायॅा अधिकारी।अधिकांस दिदी बहिनीहरू तिजको बेला माईतमा जाने,बाल्यकालका साथिहरु संग भेटघाट गर्ने,नाचगानमा सहभागीहुने र रमाईलो मनाउने चलन छ।तर यस बर्षको तीजमा मुसिकोट नगरपालिका वडानं ४ निवासी महिला सदस्यमा निर्बाचित मायॅा अधिकारी माईत जानुभएन,आफ्नो वडामा आयोजित तिज मिलन कार्यक्रमहरूमा पुग्न पनी पाऊनुभएन।संगीसाथिहरु संग दुखम सुखम गर्ननी भ्याऊनुभएन।कार्यपालिका सदस्य कार्की लाई यसो हुन गएको अन्य कारणले होईन,केवल जनता लाई खुसी बनाऊने काममा ब्यस्त रहेर हो।
आफ्नो नगरपालिकाको कार्यपालिका सदस्य चाडपर्वको दिनमा पनि सबैकुरा बिर्सेर बिकास निर्माण कार्यमा खटेको कार्यप्रती नगर प्रमुख जीवन खरेल निकै खुसी हुनुभएको छ।’व्रत-उपवास-नाचगान गरिने,महिलाहरूको मात्र विशेष पर्व तीजकै दिनमा पनि सार्वजनिक सेवा-कार्यमा खट्नुहुने हाम्रा महिला प्रतिनिधि(मुसिकोट नगर कार्यपालिका सदस्य)ज्यू लाई,यो खालको समर्पणप्रति सम्मान सहित,धेरै धन्यवाद छ’नगर प्रमुख खरेल सामाजिक सन्जाल फेसबुकमा लेख्नुभएको छ।
‘केही समय अगाडि देखि आफ्नो वडाको फेदि डॅाडाथोक खनड र धारापानी साल्घारी भेगमा बाटो अबरूध्द हॅुदा वडाबासीहरु चिन्तित थिए तसर्थ चाडबाड भन्दा पनि वडाबासीहरुको खुशी ठुलो ठानी म बाटो खुलाऊने काममा लागें’ युनिक खवर डट कम संगको कुराकानीमा कार्यपालिका सदस्य मायॅा अधिकारी बताऊनुहुन्छ।
तीज नभनेर जनताको सेवाको लागि बिकास निर्माणमा ब्यस्त हुनुभएकोमा धन्यबाद छ मायॅा अधिकारी।