नगरप्रमुख खरेलको स्थलगत निरीक्षण,अग्निपिडित लाई सहयोगको प्रतिबद्धता

रामकृष्ण कंडेल ददल्का बाट✍️

गुल्मी — गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–९ ददल्कामा सोमबार राति भएको आगलागीले स्थानीय बासिन्दा सत्यम परियारको आवासीय घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।घरमा रहेका लत्ताकपडा,भाँडाकुडा,अन्नपात तथा अन्य सबै सामग्री जलेर खरानी भएका छन्।

स्थानीयहरूका अनुसार आगलागी लक्ष्मी पुजाको दिन सॅाझ भएको थियो।आगलागी नियन्त्रणमा स्थानीय बासिन्दा र छिमेकीहरू खटिएका थियो।

आगलागीको खबर लगत्तै मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल जीवन पुग्नुभयो। उहाँसँगै रामकृष्ण कंडेल, खड्क बहादुर खत्री, ईन्द्रमणी चालिसे,शुरेस खरेल लगायतका स्थानीय ब्यक्तित्वहरु पनि घटनास्थलमा जानुभएको थियो।

नगरप्रमुख खरेलले घटनाप्रति दु:ख प्रकट गर्दै प्रभावित परिवारलाई धैर्य धारण गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “यो विपद्को समयमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गरिनेछ। सत्यम परियार र उनका परिवारलाई पुनःस्थापनाका लागि आवश्यक राहत उपलब्ध गराइनेछ।”

सत्यम परियार र उनका परिवार अहिले अस्थायी रूपमा छिमेकीको घरमा बसोबास गरिरहेका छन्। तत्काल राहतका रूपमा नगरपालिकाको तर्फ देखि खाद्यान्न र अन्य आवश्यक सामग्री सहयोग गरिएको छ।

नगरप्रमुख खरेलले आगलागी पीडितका लागि सामुदायिक स्तरबाट सहकार्य र एकता आवश्यक रहेको बताउँदै नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।

स्थानियहरूको सक्रियताले आगो अन्य घरमा फैलिन नदिई नियन्त्रणमा ल्याइएको थियो। आगलागीका क्रममा कुनै मानविय क्षति भने भएको छैन।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको