तेश्रो भाँटी मेला सफल बनाऊन स्वदेश बिदेश बाट दरिलो साथ!
रामकृष्ण कंडेल,वामीटक्सार✍️
तेश्रो भाँटी मेला सफल बनाऊन स्वदेश बिदेश बाट दरिलो साथ प्राप्त भएको छ।भुवाचिदी बजारमा हरेक बर्ष मेला आयोजना गर्दै आएको मालिका युवा क्लब लाई भुवाचिदी बजार व्यवस्थापन समिति र भुवाचिदी आमा समुहको दरिलो साथ रहेको छ।यसैगरी यस क्षेत्रमा जन्मिहुर्की स्वदेश बिदेशका बिभिन्न स्थानमा कार्यरत ब्यक्तिहरूले ऐच्छिक रूपमा मेला सफलताको लागि आर्थिक तथा जिन्सी सहयोग घोषणा गरेको देखिन्छ।
भाँटी मेला आज देखि गुल्मीको कुर्घा भुवाचिदी बजारमा शुरूहुने भएको छ।पौष २६ गतेदेखि माघ ५ गतेसम्म आयोजित मेलामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता,खुल्ला महिला भलिबल प्रतियोगीता,खुल्ला भेट्रान्स भलिबल प्रतियोगीता,भाटी डान्स आईडल सामुहिक र एकल नृत्य प्रतियोगीता लगायतका अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने मालिका युवा क्लबका अध्यक्ष राजेश रायमाझीले जानकारी दिनुभएको छ।