महेन्द्र आदर्श वामीटक्सारले लघु सङ्ग्राहलय स्थापना गर्ने
रामकृष्ण कंडेल,वामीटक्सार✍️
श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय,मुसिकोट नगरपालिका ७,वामीटक्सार,गुल्मीले विद्यालयमा लघु सङ्ग्राहलय स्थापना गर्ने भएको छ।विद्यालयका प्रधानाध्यापक देबिराम शर्माका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार लघु सङ्ग्राहलय स्थापना गर्ने कार्यको सुरूवात गर्न थालिएको हो।
पुरातात्विक,ऐतिहासिक,प्राचिन कला संस्कृति एवम् विज्ञान प्रविधिसँग सम्बन्धित तथा लोपोन्मुख सामग्रीहरू सङ्कलन गरेर विद्यालयलाई हस्तान्तरण गरी योगदान गर्नुहुनका लागि सम्पुर्ण अभिभावकहरूमा एक सुचना प्रकाशितगरी प्रधानाध्यापक शर्माले आग्रह गर्नुभएको छ।
लघु सङ्ग्राहलय स्थापना गर्ने कार्य सफलताको निमित्त आवश्यक सम्पर्कको लागि बिद्यालयका शिक्षकहरू क्रमश प्रधानाध्यापक देबिराम शर्मा,टेक राहाडी,सम्झना कंडेल र रामप्रसाद आचार्य लाई जिम्मा तोकिएको छ।
मुसिकोट नगरपालिकाकै नमुना बिद्यालयमा यस प्रकारको नबिनतम कार्यको थालनीलाई सबै क्षेत्र बाट प्रसंसा गरिएको छ।