मदनदिप घिमिरे रेडक्रसको बडागाउ उपशाखाको सभापतिमा सर्बसम्मत चयन
युजिन कंडेल,वामीटक्सार✍️
नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउ उपशाखाको सभापतिमा मदनदिप घिमिरे सर्बसम्मत चयन हुनुभएको छ। मुसिकोट ठुलापोखरामा सम्पन्न अधिबेशनले ११ सदस्यिय कार्य समितिको चयन गरेको सचिब बोमबहादुर छन्तेलले युनिक खवर डट कम संगको कुराकानीमा बताऊनुभएको छ।सचिब छन्तेलका अनुसार बडागाउ उपशाखाको चौथो अधिवेशन बाट उपसभापति साबित्रा घिमिरे,सचिव बोम बहादुर छन्तेल,कोषाध्यक्ष यम बहादुर घिमिरे,उपसचिव महेन्द्र घिमिरे,उपकोषाध्यक्ष सुमेन्द्र सिह चयन हुनुभएको छ।यसैगरी सदस्यहरूमा नरीनारायण घिमिरे,कृष्णबहादुर सुर्यबंसी,साबित्रा बिष्ट,कमला आचार्य,बसन्त अधिकारी चयन हुनुभएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाट कोषाध्यक्ष ज्ञानहरी सापकोटा,महेन्द्र भन्डारी लगायतको बिशेष उपस्थिति रहेको थियो।अधिबेशनको अध्यक्षता पुर्ब अध्यक्ष मदनदिप घिमिरे,सन्चालन सचिब बोमबहादुर छन्तेल,स्वागत मन्तब्य उपाध्यक्ष साबित्रा घिमिरेको रहेको थियो।