सञ्चारकर्मी शालिक खत्रीलाई जनकल्याणकारी संस्था जापानले गर्यो ल्यापटप सहयोग

रामकृष्ण कंडेल,वामीटक्सार✍️

गुल्मी । मुसिकोट नगरपालिका वडा नं ३ बल्लेघाटका सञ्चारकर्मी तथा ग्राफिक डिजाइनर शालिक खत्री लाई जनकल्याणकारी संस्था जापानले करिब डेढ लाख रुपैयाँ बराबरको ल्यापटप सहयोग गरेको छ।फरक क्षमता भएका खत्रीले सीमित स्रोत साधनका बीच प्रविधिको प्रयोग गर्दै सामाजिक सेवा,खोज पत्रकारिता तथा सञ्चार क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको सम्मान स्वरूप संस्थाले उक्त सहयोग गरेको हो।

खत्री को निवासमा आज आयोजित कार्यक्रममा जनकल्याणकारी संस्था जापानका निवर्तमान उपाध्यक्ष मेघनाथ खराल ‘मुकुन्द’ले शालिक लाई ल्यापटप हस्तान्तरण गर्नुभयो। कार्यक्रममा संस्थाका संरक्षक हरिप्रसाद खराल,मुसिकोट नगरपालिका वडानं ८ का वडाध्यक्ष रमेश रसौली, सोही वडाका पूर्ववडाध्यक्ष नारायण सापकोटा, संस्थाका निवर्तमान सल्लाहकार नारायण सापकोटा,हिन्दु संस्कार जागरण अभियान मुसिकोटका अध्यक्ष भोजराज सापकोटा लगायतको उपस्थिति थियो। कार्यक्रम युनिक खवर डट कमका प्रधानसम्पादक रामकृष्ण कंडेल ले सञ्चालन गर्नुभएको थियो।

ल्यापटप हस्तान्तरण गर्दै निवर्तमान उपाध्यक्ष मेघनाथ खराल ‘मुकुन्द’ले शालिक खत्रीको प्रतिभा, सकारात्मक सोच र सामाजिक सक्रियताको सम्मानस्वरूप सहयोग गरिएको बताउनुभयो। “सहयोग भनेको समस्या परेको बेला आर्थिक रकम दिनु मात्र होइन, कुनै व्यक्तिको क्षमता र सिर्जनशीलता लाई अझ अगाडि बढाउन आवश्यक साधन उपलब्ध गराउनु पनि हो। शालिक जी फरक क्षमता हुँदाहुँदै पनि प्रविधि र सञ्चारको क्षेत्रमा सक्रिय हुनुहुन्छ। उहाँको कामलाई अझ प्रभावकारी बनाउन सकियोस् भनेर यो सहयोग गरेका हौँ,” उहाँले भन्नुभयो।

मुसिकोट नगरपालिका ८ का वडाध्यक्ष रमेश रसौलीले शालिक खत्रीले फरक क्षमताका बाबजुद आफ्नो सीप,ज्ञान र सिर्जनशीलता लाई समाज संग जोडेर अघि बढाइरहनुभएको कार्य प्रशंसनीय रहेको बताउनुभयो। “शालिकजीले आफ्नो अवस्थालाई कमजोरीका रूपमा लिनुभएन, बरु सीप र प्रविधिलाई आफ्नो शक्ति बनाएर अघि बढ्नुभएको छ। उहाँलाई आवश्यक पर्ने साधन उपलब्ध गराएर प्रोत्साहन गर्ने जनकल्याणकारी संस्था जापानको यो कार्य निकै सकारात्मक छ। प्राप्त सहयोगले उहाँको कामलाई थप प्रभावकारी बनाउने विश्वास लिएको छु,” वडाध्यक्ष रसौलीले भन्नुभयो।

संस्थाका संरक्षक हरिप्रसाद खरालले फरक क्षमता भएका व्यक्तिमा रहेको प्रतिभालाई पहिचान गरी अवसर र आवश्यक साधन उपलब्ध गराउन सके उनीहरूले समाजमा अझ महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो।

संस्थाका निवर्तमान सल्लाहकार नारायण सापकोटा ले शालिकले आफ्नो क्षमता र सीपलाई समाजसँग जोडेर अघि बढाइरहेको भन्दै उहाँले प्राप्त सहयोगको सही सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो।

मुसिकोट नगरपालिका वडानं ८ का पूर्ववडाध्यक्ष नारायण सापकोटाले स्रोत र साधनको अभावका कारण कुनै पनि प्रतिभा ओझेलमा पर्न नहुने बताउनुभयो। “शालिकजीले चुनौतीका बीच पनि सञ्चार र प्रविधिको क्षेत्रमा सक्रियता देखाउनुभएको छ। उहाँलाई प्राप्त यो सहयोग व्यक्तिगत रूपमा मात्र होइन, समाजका लागि पनि उपयोगी बन्नेछ,” सापकोटाले भन्नुभयो।

हिन्दु संस्कार जागरण अभियान, मुसिकोटका अध्यक्ष भोजराज सापकोटाले प्रविधिको माध्यमबाट सकारात्मक सन्देश र सामाजिक चेतना फैलाउने व्यक्तिलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले शालिकको कामलाई निरन्तरता दिन प्राप्त सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

सहयोग ग्रहण गर्दै सञ्चारकर्मी शालिक खत्रीले जनकल्याणकारी संस्था जापान बाट आफूले पाएको ल्यापटप सहयोगलाई व्यक्तिगत सुविधाभन्दा पनि सामाजिक कामका लागि महत्वपूर्ण साधनका रूपमा लिएको बताउनुभयो। “संस्थाले मप्रति विश्वास गरेर दिनुभएको यो सहयोग मेरा लागि ठूलो सम्मान र जिम्मेवारी हो। यसले आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चार, खोज तथा सामाजिक क्षेत्रमा काम गर्न सहज हुनेछ। जनकल्याणकारी संस्था जापानप्रति म हृदयदेखि आभारी छु,” उहाँले भन्नुभयो।

४६ वर्षीय खत्री फरक क्षमता भएका व्यक्ति हुनुहुन्छ। उहाँको घरमा आमा, दाइ र भाउजू हुनुहुन्छ। प्रविधिको क्षेत्रमा दक्ष खत्री ग्राफिक डिजाइनसँगै सामाजिक विषय र खोज पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ। चुनौतीपूर्ण परिस्थितिका बीच पनि आफ्नो सीप र सिर्जनशीलतालाई निरन्तरता दिँदै आउनुभएका खत्री लाई प्राप्त ल्यापटपले आगामी दिनको काममा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

‘सहयोगलाई प्रचार होइन, जिम्मेवारीका रूपमा लिएका छौँ’- अध्यक्ष खरेल

जनकल्याणकारी संस्था जापानका अध्यक्ष कृष्णप्रसाद खरेलले युनिक खवर डट कम संगको कुराकानीमा संस्थाले सन् २०१२ मा स्थापना भएदेखि नै नेपालका विभिन्न जिल्लामा स्वास्थ्य, शिक्षा, विपद्, अपाङ्गता, असहाय तथा मानवीय क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो।

“हामीले सहयोगलाई प्रचारको विषयभन्दा पनि मानवीय जिम्मेवारीका रूपमा लिएका छौँ। नेपालका विभिन्न जिल्लामा समस्या परेका नागरिकलाई आवश्यकता हेरेर सहयोग गर्दै आएका छौँ। शालिकजीको क्षमता, सिर्जनशीलता र सामाजिक सक्रियतालाई बुझेर उहाँलाई आवश्यक पर्ने साधन उपलब्ध गराएका हौँ। उहाँले यो ल्यापटपलाई सामाजिक हितमा अझ प्रभावकारी रूपमा प्रयोग गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,” अध्यक्ष खरेलले भन्नुभयो।

‘क्षमता र सम्भावनालाई साधनले थप बलियो बनाउँछ’- सचिब प्रकाश लामिछाने

संस्थाका सचिव प्रकाश लामिछानेले युनिक खवर डट कम संग कुरा गर्दै सहयोगको उद्देश्य कुनै व्यक्तिलाई क्षणिक राहत दिनुभन्दा पनि उसको क्षमता र सम्भावनालाई थप बलियो बनाउनु रहेको बताउनुभयो।

“सालिक जी जस्ता प्रतिभाशाली व्यक्तिले स्रोतसाधनको अभावमा आफ्नो काम रोक्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो। उहाँको काममा कम्प्युटर अत्यन्तै महत्वपूर्ण साधन हो। त्यसैले उहाँको सामाजिक सेवा, सञ्चार र खोज पत्रकारितालाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विश्वासका साथ ल्यापटप हस्तान्तरण गरेका हौँ,” सचिब लामिछानेले भन्नुभयो।

सन् २०१२ मा जापानमा स्थापना भएको जनकल्याणकारी संस्था जापानले एक दशकभन्दा बढी समय देखि नेपालका विभिन्न जिल्लामा सयौँ पटक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्वास्थ्य, शिक्षा, विपद्, असहाय तथा फरक क्षमता भएका व्यक्तिका साथै विभिन्न मानवीय समस्यामा संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको छ। जापानमा रहेर पनि नेपालका गाउँ समुदाय सम्म जोडिँदै समस्यामा परेका नागरिकलाई साथ दिने संस्थाको अभियान सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ।

फरक क्षमता भएका शालिक खत्री लाई गरिएको यो सहयोग एउटा ल्यापटप हस्तान्तरणमा मात्र सीमित छैन। यो संघर्षका बीच आफ्नो क्षमता र सिर्जनशीलता लाई समाजका लागि प्रयोग गरिरहेका व्यक्तिलाई विश्वास,सम्मान र हौसला दिएको एउटा अर्थपूर्ण उदाहरण हो। जनकल्याणकारी संस्था जापानको सहयोग र शालिकको सीप तथा सिर्जनशीलताको संयोजनले आगामी दिनमा सञ्चार,प्रविधि र सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको