नेपाली कांग्रेस गुल्मीको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
रेशम कॅुवर,तम्घास✍️
जेन्जी आन्दोलनको क्रममा मृत्युवरण भएकाको सम्झना र उनीहरुको आत्माको शान्ति कामना गर्दै नेपाली कांग्रेस गुल्मीको आयोजनामा तम्घास सहिदचोकमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी,सचीव भगतसिह खड्का,लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्री,सह-सचीव द्वय छवि पाण्डे र धर्मराज पाण्डे,महासमिति सदस्य प्रेम भण्डारी,महेन्द्र प्रसाद भण्डारी लगायत जिल्ला समितिका पदाधिकारी,सदस्य,भातृ संस्थाका प्रमुख तथा प्रतिनिधि,नगरसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।