ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालय वामीटक्सारमा कृष्ण जन्माष्टमी मनाईयो

रामकृष्ण कंडेल,वामीटक्सार✍️

कृष्ण जन्माष्टमीको पावन अवसरमा ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालय वामीटक्सार,गुल्मीमा बिबिध कार्यक्रमहरू आयोजना गरियो।साना साना बिद्यार्थीहरूले कृष्ण जन्माष्टमी संग सम्बन्धित नृत्प प्रस्तुत गरेका थिए।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रशासकिय अधिकृत चेतनाथ गिरी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।मन्तब्य राख्दै प्रमुख अतिथि गिरीले सबैजनामा प्रेम र सद्भाव बढाऊन जरूरी रहेको बिचार ब्यक्त गर्नुभयो।

मुसिकोट नगरपालिका वडानं ७ का वडाध्यक्ष हरिहर सापकोटाले सबै नगरबासिहरू सत्कर्ममा लाग्नका लागि आग्रह गर्नुभयो।

युनिक खवर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेल,रूद्रावती बहुमुखी क्याम्पस सन्चालक समितिका अध्यक्ष भुवन के सी,रेडियो पुष्पान्जलीका अध्यक्ष अर्जुन सापकोटा,शैक्षिक ब्यक्तित्व टंकनाथ भन्डारी,वामी प्रहरी प्रमुख बरिष्ठ सई प्रदिप कार्की,महेन्द्र आदर्श नमुना मा वि का शिक्षकहरू क्रमश शिला खराल,निर्मला श्रेष्ठ लगायत अतिथिको रूपमा उपस्थित रहनुभएको थियो।

ब्रहमाकुमारी देबिका पौडेलले कार्यक्रममा उपस्थित सबैप्रती आभार ब्यक्तगर्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो।कार्यक्रमको सन्चालन कुलराज शर्माले गर्नुभएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको