डॅासिकोटमा खड्कभुमि मन्दिरको आवासगृह बनाईदै

युजिन,वामीटक्सार✍️

गुल्मीको मुसिकोट नगरपालिका वडानं ९ स्थित डॅासिकोटमा रहेको खड्कभुमि कालिका मन्दिरको आवासगृह बनाऊन शुरू गरिएको छ।मन्दिरमा आऊने दर्शनार्थीहरूको संख्या बढेको र उहॅाहरूको डॅासिकोटमा आवासिय बसाई सजिलोहोस भनेर आवासगृह बनाऊन लागिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रामकृष्ण कंडेलले बताऊनुभयो।

अध्यक्ष कंडेलका अनुसार ३ कोठे पक्की भवन बनाऊन लागिएको र यस कार्यमा देश बिदेशमा रही यस मन्दिरप्रति अत्यन्तै बिश्वॅास भएका महानुभावहरूको सहयोग रहेको छ।अध्यक्ष कंडेलले आफ्नो जन्मभुमीमा रहेको मन्दिर र मन्दिरको आवासगृह निर्माणमा आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरू लाई धन्यबाद ज्ञापन गर्नुभएको छ।

भत्किएको मन्दिर नयॅा बनायौं,ट्वाईलेट बाथरूम बनायौं,यो बर्ष आवासगृह बनाऊन शुरू गरिएको कोषाध्यक्ष ताराप्रसाद कंडेलले बताऊनुभयो।

मन्दिरको लागि नयॅा जग्गा खरिदगरी छोंटो समयमा बिभिन्न भौतिक समरचना बनाऊन पाऊनु अत्यन्तै खुसीको कुरा रहेको सचिब नरेशराज खरेलले बताऊनुभयो।

आवासगृह निर्माणको लागि हिमबहादुर बि क सहित डॅासिकोटबासी मिस्तृहरू खटिरहेको बताईएको छ।स्थानियहरू यस कार्यप्रती निकै खुसी देखिएका छन।आवासगृहको ढलान सम्पन्न भईसकेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको