गुल्मीमा कॅाग्रेस र एमालेको संयुक्त भेला सम्पन्न

गुल्मीमा नेपाली कॅाग्रेस र नेकपा एमालेको संयुक्त संयन्त्रको पालिलकास्तरीय भेला तम्घासमा सम्पन्न भएको छ।गुल्मीका १२ ओटै पालिका कमिटीहरू बाट दुबै पार्टिका अध्यक्ष तथा सचिबको सहभागिता रहेको कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा गुल्मीका सहईन्चार्ज जंगबहादुर नेपालीले संयुक्त अभ्यासबाट अगाडि बढ्दै देशमा सृजना गर्न खोजिएको गन्जागोलको स्थिती लाई अन्त्य गर्नका लागि दुई दलिय संयन्त्रको शुरूवात गरेको बिचार ब्यक्त गर्नुभयो।शुसासनको आमरूपमा प्रत्याभुति दिलाऊन समेत सहकार्य आवश्यक रहेको बिचार केन्द्रिय सदस्य नेपालीले ब्यक्त गर्नुभयो।

नेकपा एमाले गुल्मीका जिल्ला पार्टि अध्यक्ष बालसिंह काउछाले नेपाली कांग्रेस र नेकपा एमाले केन्द्र देखी वडा सम्म सहकार्य गर्न जरूरी रहेको धारणा ब्यक्त गर्नुभयो।दुई पार्टिको सहकार्य आजको आवश्यक्ता रहेको बताऊॅदै जिल्ला अध्यक्ष काऊछाले भन्नुभयोः”देश बचाऊन दुईदल मिलेरै अगाडि बढ्न जरूरी देखियो”।राजनितीक अस्थिरता र बिकासको लागि गुल्मी जिल्लाको प्रत्येक वडासम्म सहकार्यको राजनिती शुरू गरिएको समेत काउछाले बताऊनुभयो।

नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले नितिगत र सैध्दान्तिक संस्कार बिनाको राजनितिले मुलुकलाईनै अप्ठारो पारेको बताऊॅदै संकटको बेला कांग्रेस र एमालेले नयॅा संस्कारको शुरूवात गरेको पन्थीले बताऊनुभयो।निकै ठुलो बलिदानी बाट प्राप्त ब्यबस्था लाई बचाऊनका लागि दुईदलको सहकार्य आवश्यक रहेको बिचार सभापति पन्थीले सम्बोधनको क्रममा राख्नुभएको थियो।

केन्द्र,प्रदेश र जिल्ला तहमा कांग्रेस र एमालेको संयुक्त संयन्त्र बनिसकेको अवस्थामा पालिका स्तरिय संयन्त्र निर्माणका लागि आज निर्णय गरिएको छ।यस संयन्त्रलाई माथिल्लो कमिटीको निर्णय अनुसार ०८४ सम्म क्रियासिल गराईने छ।

नेपाली कांग्रेस केन्द्रिय निती तथा सदस्य छन्द बहादुर पहराईको स्वागत मन्तब्य,नेपाली कांग्रेस जिल्ला सचिब भगत खड्काको सन्चालन तथा एमाले केन्द्रिय सदस्य जंगबहादुर नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको