जाउँ हिँड रेसुङ्गा अभियानले ब्यापकता पाईरहेको छःमेयर पन्थी
युनिक खवर✍️
गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जाउँ हिँड रेसुङ्गा अभियानले ब्यापकता पाईरहेको बताउनुभएको छ।
आज महेन्द्र नमुना माबि तम्घासमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै मेयर पन्थीले भन्नुभयोः’रेसुङ्गाको पर्यटकीय सम्भाबनालाई अझै उजागर गर्ने प्रयास हाम्रो रहिरहनेछ।रेसुङ्गाको पौराणिक,धार्मिक,ऐतिहासिक र प्राकृतिक महत्वलाई तल्लो पुस्तासम्म लैजाने र जागरुक बनाउने उदेश्यले 'जाउँ हिँड रेसुङ्गा,बिद्यालय अभियान'महेन्द्र नमुना माध्यमिक बिद्यालयबाट बिद्यार्थीमाझ शुरू गरेका छौं’
रेसुङा नगरपालिकाको नीति तथा कार्यक्रममा समाविष्ट जाउ हिड रेसुङा अभियान अन्तर्गत विधार्थी संगको कार्यक्रम रेसुङा नगरपालिका वडा नं १ तम्घास गुल्मी स्थित जिल्लाकै शैक्षिक धरोहर एवम अग्रणी विधालय श्री महेन्द्र माध्यमिक विधालयबाट शुरुवात भएको छ ।
आज सम्पन्न कार्यक्रममा मेयर खिलध्वज पन्थीको प्रमुख आतिथ्यता संगै प्रशिक्षकको रुपमा युवा व्यवसायी सुदर्शन खनालको प्रशिक्षण रहेको थियो ।उक्त कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष तथा यसै विधालयका वि •व्य स •कार्यवाहक अध्यक्ष राम प्रसाद पन्थी प्र अ कृष्ण प्रसाद मरासिनी,स प्र अ लक्ष्मी पन्थी अर्याल,अध्यापनरत शिक्षकहरु,पत्रकार सुमन महतरा तथा विहानी समूह कक्षा ११/१२ मा अध्ययनरत विधार्थीहरुको उपस्थितीमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।