सालिमे आश्रमको बिकासको लागि अन्तरकृर्या कार्यक्रम सम्पन्न
युनिक खवर,वामीटक्सार✍️
गुल्मीको सालिमे आश्रमको बिकासको लागि अन्तरकृर्या कार्यक्रम सम्पन्न भएको छ।युनिक खवर डट कमको आयोजनामा आयोजित भव्य तथा सब्य कार्यक्रममा सबैतिर प्रख्यात यस आश्रम को बिगत,बर्तमान र भबिष्यको बारेमा केन्द्रित रहेर कार्यक्रममा सहभागि बक्ताहरुले आफ्ना धारणाहरु प्रस्तुत गर्नुभएको थियो।
प्रशिध्द तपोभुमि सालिमेको मन्दिर परिसरमा आयोजित कार्यक्रमले यस क्षेत्रको बिकासको लागि महत्वपुर्ण भुमिका निर्बाह गर्ने बिश्वॅास आश्रमका संरक्षक १००८ स्वामी भाष्करानन्द सरस्वती महॅाराजले ब्यक्त गर्नुभएको छ।अत्यन्तै महत्वपुर्ण कार्यक्रम आयोजना गरिएकोमा सरस्वती महॅाराजले आभार ब्यक्त गर्नुभयो।
गुल्मी मुसिकोट ९ निवासी स्वर्गिय कुन्ती खड्काको निधनको ४५ औं पुन्य तिथिको दिन उहॅाका छोरा केयरसिंड० खड्का द्वारा आयोजित भन्डारा कार्यक्रमको समाप्तिको अर्कोदिन आज समाजका हरेक क्षेत्रको सहभागिता रहनेगरी आश्रमसंग सम्बन्धित सरोकारवालाहरूको बिचमा अत्यन्तै सौहार्ध्दपुर्ण ढंगबाट गहन प्रकारको कार्यक्रम आयोजनाहुनु यस क्षेत्रकै गौरबको कुरा बनिरहेको छ।
कार्यक्रममा समाजसेविहरू क्रमश अर्लाड०कोट गाबिसका पुर्ब अध्यक्ष माधब प्रसाद खराल,दरमखोला लघु जलबिद्युत आयोजना ए का अध्यक्ष देबराज खराल,टिकाराम सापकोटा,वामीटक्सार प्रहरी प्रमुख सई प्रकाश शाही,युनिक खवर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेल,यस आश्रम बिकास समितिका अध्यक्ष नारायण सापकोटा,स्वामी भाष्करानन्द सरस्वती महॅाराज,गोडिजिटल नेपालका फाउन्डर सन्तोष लामिछाने,निर्माण ब्यबसायी हरी अर्याल,समाजसेवि गिरीप्रसाद पौडेल,दरमखोला हाईड्रोका शालिकराम सापकोटा लगायतले महत्वपुर्ण बिचार प्रस्तुत गर्नुभएको थियो।सबै बक्ताहरूले सालिमे आस्रमको महत्व लाई सबै निकायले बढाऊनका लागि आ आफ्नो क्षेत्र बाट लाग्ने प्रतिबध्दता ब्यक्त गर्नुभयो।
कार्यक्रम सालिमे धार्मिक तथा पर्यटकिय बिकास समितिका अध्यक्ष नारायण सापकोटाको अध्यक्षता तथा युनिक खवर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेलको सन्चालनमा सम्पन्न भएको थियो।स्वर्गिय गुरूहरु तथा स्व.कुन्ती खड्काको आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण समेत गरिएको कार्यक्रममा भजन कृतन तथा गुरूहरूका शुन्दर तस्बिरहरू समेत प्रदर्शन गरिएको थियो।