प्रहरी चौकी खरबाङको लागि इन्द्रमणि खरालले दिनुभयो जग्गा

रामकृष्ण कंडेल,वामीटक्सार✍️

प्रहरी चौकी खरबाङको लागि इन्द्रमणि खरालले आवश्यक पर्ने जग्गा प्रदानगरी मालपोत कार्यलय बुर्तिबाड० पुगी कित्ताकाट समेत गरिदिनुभएको छ।सुरक्षाकोदृष्टीले अत्यन्तै आवश्यक रहेको प्रहरी चौकी खरबाङको स्तर उन्नतिको लागि जग्गा अभावरहॅदै आएको थियो।समाजका अगुवाहरू र स्थानिय सर्बसाधरणहरूको समेत आग्रह लाई मनन गर्दै समाजसेवि खरालले प्रहरी चौकी खरबाङको लागि आवश्यक जग्गा २६३९.०७ बर्गमिटर उपलब्ध गराऊने निर्णय गर्नुभएको हो।

प्रहरी चौकीको लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउनुभएकोमा समाजसेवी व्यक्तित्व इन्द्रमणि खरालप्रति सिङ्गो समुदायको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

‘मालपोत कार्यालय बुर्तीवाङ,बाग्लुङमा गई प्रहरी चौकीको नाममा जग्गा पासगरेर फर्किएका छौं,जग्गादाता इन्द्रमणि खरालप्रति धेरै धेरै धन्यबाद छ’स्थानिय समाजसेबि बिष्णु अर्यालले युनिक खवर डट कम संगको कुराकानीमा बताऊनुभयो।समाजसेवि खराल सहित आफुहरु बुर्तीवाङ पुगी सबै काम सकेर आफुहरु घर फर्कीसकेको अर्यालले बताऊनुभयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको