लक्ष्मण खरालको संयोजकत्वमा घटना छानबिन तथा कारबाही सिफारिस समिति बन्यो
युनिक खवर,वामीटक्सार✍️
आषाढ ४,५ र ६ गते मुसिकोट नगरपालिकाको प्रशासकीय भवन भित्र कार्यपालिका बैठक र नगरसभा अधिवेशनको बैठकको सेरोफेरोमा भएका तोडफोड,दुर्ब्यबहार सम्बन्धी घटनाहरूको छानबिन गर्नका लागि मुसिकोट नगरपालिकाले लक्ष्मण खरालको संयोजकत्वमा घटना छानबिन तथा कारबाही सिफारिस समिति बनाऊने निर्णय गरेको छ।आज बिहान बसेको कार्यपालिकाको बैठक पश्चात नगरप्रबक्ता हरिहर सापकोटाले युनिक खवर डट कम लाई दिएको जानकारी अनुसारः’यही मिति २०८२ आषाढ ४,५ र ६ गते मुसिकोट नगरपालिकाको प्रशासकीय भवन भित्र कार्यपालिका बैठक र नगरसभा अधिवेशनको बैठकको सेरोफेरोमा जनप्रतिनिधि र कर्मचारीहरू समेतलाई वैठक कक्ष,कार्यकक्षमा थुन्ने, बन्धक बनाउने, निर्णय पुस्तिका खोस्ने, दराजहरू, हान्ने, खोल्ने, रिपोर्टिङका लागि आएका पत्रकार/भिडियो ग्राफर संचारकर्मि माथी हातपात गरी रेकर्ड हटाउन बाध्य बनाउने, पंखा गमला र टेबुल तोडफोड गर्ने र सेवाग्राही नागरिकहरूसमेतलाई भयभित आतंकित बनाउने कार्यमा संलग्न भएका जो सुकै व्यक्ति पहिचान गर्ने, क्षतिको विवरण संकलन गर्ने, जनप्रतिनिधि/कर्मचारी र नगर प्रहरी समेत अन्यबाट खेलिएको नकारात्मक भूमिका उल्लेख गरी सत्य-तथ्य छानवीन गरेर दोषी देखिएका उपर कारबाहीको समेत सिफारीस सहित ४८ घण्टाभित्रै प्रतिवेदन तयार पारी नगरसभाको अठारौं अधिवेशनको आगामी बैठकमा पेश गर्नका लागि छानवीन समिति बनाउने र प्रतिवेदन माथि छलफल पश्चात नगरसभाको निर्णय अनुसार नै हुनेगरी काम कारबाही अगाडी बढाउने निर्णय भएको छ’
सापकोटाका अनुसार नगरपालिकामा केही जनप्रतिनिधीहरु बाट भएको उक्त घटना छानबिन तथा कारबाही सिफारिस समिति निम्न बमोजिम रहेको छ।
संयोजक लक्ष्मण खराल, वडा नं ७ (न्यायिक समिति सदस्य),सदस्य खडक बहादुर खड्का, वडानं ६ अध्यक्ष),सदस्य सम्झना खत्री, वडानं ८ (कार्यपालिका सदस्य),सदस्य प्रतिमा केसी वडानं १ (कार्यपालिका सदस्य)
आजको बैठकले कार्यपालिका बैठक, नगरसभा अधिवेशन र नगरपालिका अन्तर्गतका अन्य बैठकहरू थप व्यवस्थित
मर्यादित बनाउनका लागि बैठक सञ्चालन सम्बन्धि कार्यविधिहरूको समयानुकुल परिमार्जन गरी पेश गर्न विधायन समितिलाई जिम्मेवारी दिएको छ।
आकस्मिक स्टाफ मिटिङ गरी कार्यालयमा मर्यादायुक्त र सुरक्षित कार्य वातावरण कायम गर्नका निम्ति विभिन्न मागका साथ पेनडाउन गरी दवाबमा उत्रेका कर्मचारीका प्रतिनिधिहरू सँग तत्काल वार्ता गरी कार्यालयको काम सुचारू गर्ने वातावरण तयार पार्न नगरप्रमुख, नगर उपप्रमुख र नगर प्रवक्ता सहितको टिमलाई आवश्यक समन्वय र वार्तागरी सकारात्मक निचोडमा पुऱ्याउन जिम्मेवारी प्रदान गरिएको प्रबक्ता सापकोटाले बताऊनुभयो।