वामी भेडुवामा ऐतिहासिक पुनर्मिलन कार्यक्रम भोलिदेखि सुरुहुने

रामकृष्ण कंडेल,वामीटक्सार✍️

अन्तरक्रिया कार्यक्रम सम्पन्न,भलिबल, बक्तृत्वकला र सांस्कृतिक प्रस्तुती हुने

वामी (गुल्मी), कार्तिक ७ — साविक वामी भेडुवामा हुने ऐतिहासिक पुनर्मिलन कार्यक्रम भोलि कार्तिक ८ देखि सुरु हुने भएको छ।कार्यक्रमको पूर्वसन्ध्यामा आयोजकहरूको तर्फदेखि भेंडुवामा शुक्रबार एक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

वामी नमुना समाजका संस्थापक अध्यक्ष तथा वामी सेवा समिति जापानका वर्तमान अध्यक्ष दिलीप थापा जापानबाट स्वदेश फर्की कार्यक्रममा सहभागी हुनुभएको छ। उहाँले विगतदेखि नै वामी क्षेत्रका सामाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएको बताउँदै आगामी दिनहरूमा पनि साथ र सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो। थापाले पुनर्मिलन कार्यक्रमलाई नमुना खालको बनाउन सबैको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। विदेशमै रहँदै पनि जन्मभूमिको विकासका लागि निरन्तर योगदान दिँदै आउनुभएको थापाको प्रशंसा सहभागीहरूले गरेका छन्।

कार्यक्रमका संयोजक तथा अग्रज समाजसेवी ईन्द्र थापाले साविक वामी–९ का वासिन्दाहरूको सहयोग र उत्साहप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले करिब १०–१२ वर्षपछि वामीमा यति ठूलो कार्यक्रम हुन लागेको जानकारी दिँदै, “यो पेट माझामाझ गर्ने, भेटघाट र आत्मीयता साटासाट गर्ने अवसर हो,” भन्नुभयो। संयोजक थापाले तिहारका कारण तयारीका लागि समय थोरै भए पनि कार्यक्रमलाई सफल बनाएरै छोड्ने दृढता व्यक्त गर्नुभयो।

वडा सदस्य लक्ष्मण प्रसाद खरालले पुनर्मिलन कार्यक्रमको निम्तो सबै स्थानमा पुर्याइसकिएको र करिब २०० घरधुरी नै आयोजकको रूपमा संलग्न रहेको जानकारी दिनुभयो। उहाँले आर्थिक सहयोगदाताहरूलाई समयमै रकम बुझाउन अनुरोध गर्दै कार्यक्रमलाई सफल बनाउन सबैको भूमिका आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी समाजसेवी कमल प्रसाद खरालले सम्पूर्ण वामीवासीहरू एकजुट भई पुनर्मिलन कार्यक्रमको सफलता सुनिश्चित गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा प्रधान कार्यालयका अध्यक्ष डिलाराम खरालले वामी नमुना समाजको स्थापना पश्चात स्थानीय स्तरमा धेरै राम्रा काम सम्पन्न भएको बताउँदै यसपटकको पुनर्मिलन कार्यक्रमलाई पनि ऐतिहासिक बनाउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो। उहाँले “सबैजना बर्दीबिनाका प्रहरी बनेर समाजमा अनुशासन र सहयोगको भावना विकास गरौं,” भन्दै सहभागीहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। साथै, कार्यक्रमबारे अमूल्य सुझाव दिन पनि अनुरोध गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो। यस स्थानमा जन्मिएर अहिले विभिन्न ठाउँमा रहेका धेरै व्यक्तिहरू पनि पुनर्मिलन कार्यक्रममा सहभागी हुन वामी आइपुगेका छन्।

ऐतिहॅासिक पुनर्मिलन कार्यक्रम अन्तर्गत भलिबल प्रतियोगिता, बक्तृत्वकला प्रतिस्पर्धा तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती समेत आयोजना गरिने बताइएको छ।

कार्यक्रमको संचालन वडा सदस्य लक्ष्मण प्रसाद खरालले गर्नुभएको थियो। ऐतिहॅासिक पुनर्मिलन कार्यक्रम सफल बनाऊनको लागि युनिक खवर डट कमले धेरै समय अगाडि देखिनै ब्यापक रूपमा प्रचारप्रसारको काम लाई तिब्रता दिंदै आएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको