गुल्मी समाज पोल्यान्डले स्वर्गिय राजु न्यौपानेको परिवार लाई सहयोग रकम हस्तान्तरण

बुटवल

गुल्मी समाज पोल्यान्डले दुई महिना अगाडि बैदेशिक रोगजारीको शिलशिलामा पोल्यान्डमा मृत्यु भएका गुल्मी छत्रकोट गाउँपालिका–१ हुगा घर भई हाल रुपन्देहीको सैनामैना–४ मुर्गीयामा बस्दै आएका स्वर्गिय राजु न्यौपानेको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

गुल्मी समाज पोल्यान्डले संकलन गरी पठाएको १ लाख ५७ हजार रुपैयाँ गुल्मी समाज पोल्यान्डका उपाध्यक्ष भीमलाल उपाध्याय (विदुर) को अनुरोधमा गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजका अध्यक्ष तेजनारायण अर्याल मार्फत राजुकी धर्मपन्नी सरस्वती न्यौपानेलाई सोमबार बुटवलमा चेक हस्तान्तरण गरिएको हो ।

गुल्मी समाज पोल्यान्डका उपाध्यक्ष भीमलाल उपाध्याय (विदुर)ले त्यहाँ सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरुसँग रासी र नामावली गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजलाई जानकारी गराएका थिए ।

सहयोग रकमको चेक हस्तान्तरण गर्दै गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजका अध्यक्ष तेजनारायण अर्यालले समाजले पनि आवश्यक परेमा मृतक राजुको परिवारलाई सक्दो सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाए । मृतक राजुकी ४ वर्षिया छोरी र एक श्रीमती छन् ।

राजुको मधुमेह र कोल्डस्टोरको कारण ३२ वर्षको अल्पआयुमै गएको असार २३ गते पोल्यान्डमा मृत्यु भएको अर्यालले जानकारी दिए । उनको कोरोना महामारीका कारण पोल्यान्डमै दाहसंस्कार गरिएको थियो । मृतक राजुकी छोरी र श्रीमती सरस्वतीलाई थोरै भए पनि राहत पुगोस भन्ने उद्देश्यले ५७ जना नेपालीमा संकलन गरी रकम पठाइएको गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

सहयोग गर्नेहरू प्रकाश तिवारी, नरेश सापकोटा, चन्दु कातरगड्डा, रिता तिवारी न्यौपाने, भीमलाल उपाध्याय (विदुर), केशव खरेल, रेशम भण्डारी, बाशुदेव गौतम, मेयरसिंह परियार, समिर गौतम, नविन गौतम, बैकुण्ठ भुसाल, ऋषि राम ढकाल, मधु अर्याल, यादव पाण्डे, अमृत घिमिरे, सुमन बसुन्धरा, हरि अर्याल, विष्णु प्रसाद भण्डारी, दीपेन्द्र सापकोटा, महेश घिमिरे, जीवनारायण खरेल, श्रीमान विक, गोकुल अर्याल, दिलिप कार्की, प्रकाश खरेल, मधु सापकोटा, परशुराम खरेल, प्रकाश खराल, दिननाथ तिवारी, खिमराज खरेल, रेवतीलाल पाण्डे, बिनोद अर्याल, सागर भण्डारी, सुमन थपलिया, बिनोद थापा, उज्जवल खरेल, देविराम भटटराई, रुपक भुसाल, बाबुराम खरेल, घनश्याव रावत विष्णु भण्डारी, रामु पौडेल, दिपक शर्मा, शिशिर खरेल, नारायण सापकोटा, पोमानन्द पौडेल, लक्ष्मण भण्डारी, युवराज न्यौपाने, कमल खरेल, सुजन खतिवडा, श्यामु खरेल, कृष्ण रायमाझी अर्जुन खरेल र सुमन श्रेष्ठ, पुष्कर न्यौपाने र रामु पौडयाल, बाबुराम खरेल रहेका छन् ।






Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको