गुल्मी समाज भिक्टोरिया र वामी बिश्व सम्पर्क मन्च अस्ट्रेलियाले गर्यो ढोरपाटनमा ठुलो सहयोग
रामकृस्ण कंडेल,बुर्तिबाड०
गुल्मी समाज भिक्टोरिया अस्ट्रेलिया र वामी बिश्व सम्पर्क मन्च आस्ट्रेलिया शाखा द्धारा ढोरपाटन नगरपालिकाका बाढि पिडितको लागि ३लाख ४१हजार २६ सहयोग रुपैयाँ संयुक्त रूपमा हस्तान्तरण गरिएको छ।गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको तर्फ बाट रू२लाख३३हजार३सय २० र वामी बिश्व सम्पर्क मन्च अस्ट्रेलिया शाखाको तर्फ बाट १लाख७हजार७सय६ हस्तान्तरण गरिएको छ।
गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको प्रतिनिधीको रूपमा भिमलाल सापकोटा,महिला अधिकारकर्मी बिस्णुकुमारी सापकोटा,वामी बिश्व सम्पर्क मन्च अस्ट्रेलिया शाखाको प्रतिनिधीको रूपमा वामी बिश्व सम्पर्क मन्च अमेरिकाका पुर्ब अध्यक्ष तथा वामी बिश्व सम्पर्क मन्च अन्तरास्ट्रिय समन्वय समितीका बर्तमान सदस्य हरिनारायण सापकोटा,वामी बिश्व सम्पर्क मन्च प्रतिनिधी अग्निधर अर्याल,युनिक खवर डट कमका प्रधान सम्पादक रामकृस्ण कंडेल र पत्रकार कौरब खत्रीको उपस्थितीमा ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीलाई सो रकम बरावरको चेक हस्तान्तरण गरिएको हो।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको प्रतिनिधी भिमलाल सापकोटाले गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको बिगत र बर्तमानको अबस्था प्रकाश पार्दै सहयोग दाता हरू प्रती आभार ब्यक्त गर्नु भयो।यस संस्थाका सल्लाहकार समेत रहनु भएका सापकोटाले यस संस्थाको तर्फ बाट ढोरपाटन नगरपालिका भित्रका बाढि पहिरो प्रभाबित हरू लाई संझना गरी सहयोग पठाऊनु अनुकरणिय कार्य भएको बताऊनु भयो।हाल सम्म गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले जन्मभूमी लाई समस्या पर्दा सक्दो सहयोग गर्दै आएकोमा सल्लाहकार सापकोटाले खुलेरै प्रसंशा गर्नु भयो।
वामी बिश्व सम्पर्क मन्च अमेरिकाका पुर्ब अध्यक्ष तथा वामी बिश्व सम्पर्क मन्च अन्तरास्ट्रिय समन्वय समितीका बर्तमान सदस्य हरिनारायण सापकोटाले सेवानै धर्म हो भन्ने मुलमन्त्रका साथ बिदेशमा रहदा पनि स्वदेशको पिडा लाई आफ्नै ठानेर बाढि पहिरो प्रभाबितको राहतको लागि सहयोग पठाएकोमा सहयोगदाता हरू प्रती कृतज्ञता ब्यक्त गर्नु भयो।समाजसेबि सापकोटाले मन्तब्यको क्रममा संकट लाई सबै मित्र हरू मिलेरै सामना गर्नु पर्ने आबश्यक्ता औल्याऊदै आगामी दिनमा पनि यसप्रकारका सहयोग हरू आऊने जानकारी दिनु भयो।
महिला नेतृ बिस्णुकुमारी सापकोटा,अग्नीधर अर्याल,मोहन घिमीरेले पिडाको बेला अस्ट्रेलियामा कार्यरत नेपाली हरूले पठाएको सहयोग ल्याई आएको बताऊदै दु:खको बेलामा नआतिन नगरप्रमुख लगायत ढोरपाटनबासी लाई आग्रह गर्नु भयो। ढोरपाटन नगरपालिका भित्र बाढी पहिरोमापरी मृत्युहुने हरू प्रती संझना गर्दै बक्ता हरूले राहत वितरण लाई एकद्धार प्रणाली अबलम्बन गरेकोमा नगरप्रमुख लाई धन्यबाद ब्यक्त गर्नु भयो।
नगरप्रमुख देवकुमार नेपालीले सहयोगीहरु लाई धन्यवाद व्यक्त गर्दै दुखको बेला प्राप्तहुने सहानुभूतिले निकै ठुलो सहयोग तथा हौसलाको अनुभुती मिलेको बताऊनु भयो।नगरप्रमुख नेपालीले गुल्मी समाज भिक्टोरिया र वामी बिश्व सम्पर्क मन्च अस्ट्रेलियाले गरेको सहयोग कार्य प्रती आभार ब्यक्त गर्नु भयो।ढोरपाटन नगरपालिका बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको तयारीमा रहेको र स्थायी आवास पनि छिटै निर्माण गरिने नगर प्रमुख नेपालीले जानकारी दिनुभयो ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन, प्रमुख प्रशासकिय अधिकृत डिलाराम भट्टराई, जनप्रतिनिधीहरू,पत्रकारहरु लगायतको सहभागिता रहेको थियो।कार्यक्रमको सञ्चालन पत्रकार कौरब खत्रीले गर्नुभएको थियो।
यसै क्रममा नेपाली हरूले दुख,पिर,मर्का भोगेको अवस्थामा आफु हरू सधैं सँगै रहने भन्दै ढोरपाटनका पहिरो प्रभाबितहरु लाई थोरै भए पनि राहत उपलब्ध गराउन को लागी गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको कार्यकर्ताहरुले ऐच्छिक रूपमा संकलन गरेको सहयोग राशी आफूहरुले नेपाल पठाएको संस्थाका सचिब प्रकाश अर्यालले बताऊनु भएको छ।जन्मभुमीमा पिडा आई पर्दा हामी टाढा रहदा पनि मर्माहत हुने गर्छौ भन्दै गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाका पुर्ब अध्यक्ष मणि सापकोटाले दु:ख लाई मिलेरै सामना गर्न आग्रह गर्नु भएको छ।हाल अस्ट्रेलियामा कार्यरत सापकोटाले हामि संगको टेलिफोन संबादको क्रममा जन्मभूमी रोईरहेको बेला आफु हरू हॉस्न नसक्ने बताऊनु भयो।’हामीले आफ्नो छाक काटेर भए पनि मातृभुमीको सेवा गर्न तयार छौ’पुर्ब अध्यक्ष मणी सापकोटाको भनाई रहेको छ।
स्मरण रहोस गुल्मी समाज भिक्टोरियाको स्थापना पश्चात जनकराज गौतम,मणि सापकोटा हुदै गान्धी प्रसाद भट्टराईले संस्थाको नेतृत्व गर्दै आऊनु भएको छ।यस्तै गरी वामी बिश्व सम्पर्क मन्च अस्ट्रेलिया शाखाको हालको नेतृत्व टंक कंडेलले गरिरहनु भएको छ।
भाद्र१७गते ढोरपाटन उपत्यका छिर्ने नाका देउराली भन्ने स्थानमा पहिरो गएको हो । देउराली भुजी खोलाको मुहान पर्दछ ।सोही स्थानवाट पहिरोले भुजिखोला किनारका वस्ती वगाउँदै झरेको हो।ढोरपाटन शिकार आरक्ष अन्तर्गत पर्ने सुर्तिबाङ ब्लकको दक्षिणपूर्वि पहाडको एक हिस्सा खसेर बाढीको रुपमा नदिकिनारका बस्तीमा छिरेपछि ३८ जना बेपत्ता भएका थिए । बेपत्ता मध्य हाल सम्म २१ जनाको शव फेला परेको छ भने १७ जना अझै बेपत्ता छन् । घाईतेहरुको उपचार भइरहेको छ । बाढीले ढोरपाटन नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ मा गरी १ सय २० घर पुर्ण रुपमा क्षति पुयाएको छ भने ५१ घरमा आंशिक क्षति पुयाएको छ । त्यसैगरी ११ ओटा झोलुङ्गे पुल, १२ ओटा लघु जलविद्युत आयोजना, २ ओटा स्वास्थचौकी र २ ओटा विद्यालय बगाएको छ।मध्यरातकाे अविरल वर्षा संगै काे बाढी पहिरो बाट ढाेरपाटन नगरपालिका वडा नं ९;८;७;६;५ मा ठुलाे मानवीय क्षति काे घटनाले मर्माहत वनाएकाे छ ।यश दुखकाे घडिमा सबैजना सहयोग संकलन र बितरणमा जुटिरहेको देखिन्छ।