ऐतिहासिक पुनर्मिलनमा वामी नमुना समाजको भव्य सांस्कृतिक उत्सव
रामकृष्ण कंडेल,वामीटक्सार✍️
वामी नमुना समाजले साबिक वामी ९ भेंडुवामा आगामी कार्तिक ८, ९ र १० मा ऐतिहासिक पुनर्मिलन कार्यक्रम २०८२ आयोजना गर्दैछ। समाजका सदस्य र स्थानीय समुदायलाई एकत्रित गर्ने, सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्ने र मनोरञ्जनको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई सबैले प्रतिक्षा गरिरहेका छन्।
तीन दिनसम्म चल्ने कार्यक्रममा खुल्ला वार्ड स्तरिय भलिबल,वक्तृत्वकला र लोक नृत्य प्रतियोगिता जस्ता आकर्षक प्रतियोगिताहरू आयोजना हुनेछन्। यससँगै स्थानिय र राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूले बृहत सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्नेछन्।
कार्यक्रममा सहभागि हुने कलाकारहरूमा लोक तथा दोहोरी गायिका लालुमाया कुँवर,लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी,प्रसिद्ध लोक गायक कमल बराल,बिर बहादुर विश्वकर्मा,स्थानिय कलाकार भारतीय सेनाका सुबेदार दुर्गा रायमाझी र कृष्ण प्रसाद खराल समावेश हुनुहुन्छ।
कार्यक्रमको स्थान श्री जनजागरण प्रा. वि., भेंडुवा तोकिएको छ।वामी नमुना समाज को यस पुनर्मिलन कार्यक्रमलाई “मातृभूमिमा समर्पित” भावनासाथ सञ्चालन गर्ने कार्यक्रम संयोजक ईन्द्र थापाले युनिक खवर डट कम संगको कुराकानीमा बताऊनु भयो।
सुबेदार दुर्गा रायमाझीले युनिक खवरको यस कार्यक्रम सम्बन्धी जिज्ञॅासामा समाजका सदस्य,सांस्कृतिक प्रेमी र स्थानीयहरू सबैका लागि यो कार्यक्रम रमाइलो, ज्ञानवर्धक र सांस्कृतिक मनोरञ्जनको उत्कृष्ट अवसर बन्ने विश्वास लिनुभएको छ।
मातृभूमिमा समर्पित,स्मृतिलाई सजीव बनाउने अवसरको रूपमा यो कार्यक्रम आयोजना गरिएको संस्थाका संस्थापक अध्यक्ष दिलीप थापाले बताऊनुभयो।
साबिक वामी ९ मा जन्मिहुर्की हाल बिश्वका करिब ४० राष्ट्रमा कार्यरत यस स्थानका वडाबासीहरुको भेटघाटको माध्यमको रूपमा यो कार्यक्रम सफल हुने बिश्वॅास लिईएको न्युजिल्यान्डमा कार्यरत युवा समाजसेवि कृष्ण प्रसाद खरालले बताऊनुभयो।