परम्परागत लोक नृत्य “सोरठी” लाई नयाँ उचाईमा पुर्‍याउँदै सर्जक हेमनाथ खराल

रामकृष्ण कंडेल,वामीटक्सार✍️

नेपालको मौलिक सांस्कृतिक धरोहरमध्ये एक, सोरठी नृत्य पुनः एकपटक नयाँ ढंग र सन्देश सहित सार्वजनिक भएको छ। तिहार पर्वको शुभ अवसर पारेर सार्वजनिक गरिएको “सोरठी गीत” ले परम्परा,सन्देश र मनोरञ्जनको समन्वय गर्दै नेपाली लोककला क्षेत्रमा नयाँ ऊर्जा थपेको छ।

गण्डकी,लुम्बिनी र कर्णाली क्षेत्रका गुरुङ र मगर समुदायमा प्रख्यात सोरठी नृत्य नेपालको प्राचीन इतिहास,पौराणिक कथा र सामाजिक एकताको प्रतीकका रूपमा परिचित छ।पन्ध्र रानी र एक राजकुमारीको कथा बोकेको यो नृत्य शैलीले सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको सन्देश दिन्छ।

हालै सार्वजनिक “सोरठी गीत” को रचना र सिर्जना गुल्मेली सर्जक हेमनाथ खरालद्वारा गरिएको हो। उहाँको सृजनामा परम्परागत भैलोलाई आधुनिक सन्देश र प्रस्तुति मार्फत देशदेखि विदेशसम्मका नेपालीहरूलाई जोड्ने उत्कृष्ट प्रयास देखिन्छ। गीतको सङ्गीत,अभिनय र समग्र प्रस्तुतिमा मौलिकता र राष्ट्रिय भावनाको समावेश प्रशंसनीय छ।

सोरठी गीतले देशमै रोजगारी सिर्जना गर्ने,स्थानीय संस्कृति जगेर्ना गर्ने तथा नयाँ पुस्तालाई मौलिक परम्परामा अभिमुख गराउने सन्देश बोकेको छ। गीतका सन्देशपुर्ण शब्दहरू र सशक्त भिजुअलले नेपालभरका दर्शक–श्रोतालाई आकर्षित गरिरहेका छन्।

सर्जक खरालका अनुसार, “मौलिकता हाम्रो इतिहास,पहिचान र चिनारी हो।यसको संरक्षण र जगेर्ना गर्नु हामी सबैको सामूहिक दायित्व हो।”

यस मौलिक सिर्जनामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गीतकार संघ नेपाल, नेपाल प्रेस सोसाइटी, शान्ति समिति र सगरमाथा साहित्य प्रतिष्ठान लगायतका संघसंस्थाहरूको सहकार्य उल्लेखनीय रहेको छ।

सोरठी नृत्य र गीतमार्फत परम्परा,चेतना,सन्देश र मनोरञ्जनको मिश्रण प्रस्तुत गर्दै हेमनाथ खरालले नेपाली लोककला क्षेत्रमा सृजनात्मक योगदानको नयाँ उदाहरण प्रस्तुत गर्नुभएको छ।यस सिर्जना सांगितिक बजारमा ल्याऊनका लागि गाम्बेसी संस्कृति कला केन्द्र नवलपुर,एकता मगर सङ्घ नवलपुर र नेपाल कुमाल समाज गैंडाकोट नगर समिति को बिशेष सहयोग रहेको सर्जक खरालले युनिक खवर संग को कुराकानीमा बताऊनुभयो।

सर्जक हेमनाथ खराल र सम्पूर्ण टिमलाई युनिक खवर डट कम परिवारको तर्फ देखि हार्दिक बधाई तथा आगामी यात्राका लागि सफलताको शुभकामना।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको