शक्तिमा आऊने रहर जागेमा दल खोलेर आऊन मुसिकोट नगर प्रबक्ताको पुर्बराजा लाई सुझाब

वामीटक्सार,युनिक खवर✍️

गुल्मीको मुसिकोट नगरपालिकाका नगर प्रबक्ता हरिहर सापकोटाले पुर्ब राजा ज्ञानेन्द्र लाई शक्तिमा आऊने रहर जागेमा दल खोलेर आऊन आग्रह गर्नुभएको छ।वामीटक्सार स्थित सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जले तयार गरेको वि.स.२०८२ सालको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मुनपा ७ का वडाध्यक्ष समेत रहनुभएका सापकोटाले देशको पछिल्लो अवस्था बारे भन्नुभयोः “देशमा नकारात्मकता बढिरहेको छ।एऊटा कर्मचारिलाई सरकारको निर्देशन नमाने बापत सरकारले हटाऊॅदा पनि आन्दोलन छ,राष्ट्रपती भईरहेको अवस्थामा पनि राजा चाहियो भन्ने आन्दोलन छ,यो सब बेठिक भईरहेको छ”

कार्यक्रम लाई सम्बोधन गर्दै सापकोटाले भन्नुभयोः” राष्ट्रपती भएको देशमा राजा संभव छैन”

नेपाली युवाहरूको बढ्दो बिदेश पलायनले देश रित्तिनेत होईन,समयमै सोचौं सापकोटाको आग्रह थियो।यो समस्या लाई हल गर्नका लागि पत्रकारहरूले बिदेशमा रहेका नेपालीहरूको दुखको पाटो तर्फ समाचार बनाई सत्य तथ्य बाहिर ल्याऊन सकेमा बिदेश प्रतिको मोह घटाऊन सकिने बिचार प्रमुख अतिथि नगर प्रबक्ता सापकोटाले ब्यक्त गर्नुभएको थियो।

सामुदायिक रेडियो पुष्पान्जलीले आयोजना गरेको कार्यक्रममा युनिक खवर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेल,अग्निधर लोहनी,हरिनारायण सापकोटा,गोपीकृष्ण खरेल लगायतले रेडियोको सफलताको कामना गर्दै शुभकामना मन्तब्य राख्नुभएको थियो।

सन्चारकर्मी कौरब खत्रीको स्वागत मन्तब्य,रेडियोका अध्यक्ष अर्जुन सापकोटाको अध्यक्षता तथा रेडियोका महासचिब शुन्दर प्रधानको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको