भेसराज सापकोटाको भक्तिमय भजन “सद्दे मनको बैराग्य” सार्वजनिक

रामकृष्ण कंडेल,युनिक खवर

भक्तिमय सिर्जनाका साधक अष्ट्रेलिया निवासी भेसराज सापकोटाको प्रस्तुतिमा नयाँ भजन “सद्दे मनको बैराग्य” भव्यरूपमा सार्वजनिक गरिएको छ।हेमनाथ खरालको शब्द,प्रकाश सापकोटाको भाका तथा वरिष्ठ संगीतकार बी.बी. अनुरागीको संगीत संयोजनमा तयार भएको यो भजनमा भेसराज सापकोटा,बसन्त थापा,सुनिता बुढा क्षेत्री,नारद बा लगायतका कलाकारहरूको पवित्र स्वर सुन्न सकिन्छ।

भजनको अभिनयमा स्मारिका ढकाल र सुरेश कोहली देखिएका छन् भने कोरियोग्राफी तथा निर्देशन केशव राज भट्टले गरेका छन्।

राष्ट्रसन्त गुरु परमानन्द सरस्वतीजी महाराजको दिव्य स्मरण तथा सर्जक भेसराज सापकोटाका स्व. हजुरबुवा,हजुरआमा शेषकान्त सापकोटा र स्व. दमयन्ती सापकोटाप्रति श्रद्धाञ्जलीस्वरूप निर्माण गरिएको यो भजनले गुरुपरम्परा,धर्म, ज्ञान र जीवनमार्गको गहिरो सन्देश दिन्छ।

भजन निर्माणमा परमानन्द गुरुकुल परिवार, हरिहर सन्यास आश्रम,गलेश्वर आश्रम तथा सम्पूर्ण कलाकार टिमको सहयोग रहेको सापकोटाले जनाएका छन्।भजनको गुरु वन्दना भेसराज सापकोटाका पिताजीकै स्वरमा समावेश छ जसले भजनलाई झनै पवित्र बनाएको छ।

“ॐ सर्वे भवन्तु सुखिनः…” जस्ता शान्तिमन्त्रले समापन गरिएको यो भजन आध्यात्मिक शान्ति र भक्ति अनुभूति खोज्ने सबैको मन छुन सफल हुने अपेक्षा गरिएको छ।यस सांगितिक प्रस्तुतिको मिडिया पार्टनरको भुमिकामा युनिक खवर डट कम र ओझेलका खवर लाई राखिएको छ।

भजन हेर्न यहाँ क्लिक गर्न सकिन्छ:

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको