गुल्मीको मुसिकोटमा भानु जयन्ति तथा पुस्तकालय स्थापना दिवस मनाइयो

विष्णुप्रसाद आचार्य चकित

मुसिकोट गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारस्थित हाम्रो पुस्तकालयको तेश्रो स्थापना दिवस तथा २१२ औं भानुजयन्ति मनाइएको छ ।


भानुजयन्ति तथा पुस्तकालय स्थापना दिवसको अवसर पारेर आइतबार खुला रुपमा बिभिन्न श्रस्टाहरुलाइ आफ्ना शृजना वाचन गर्ने अवसर प्रदान गरिएको थियो ।

कार्यक्रमको अवसरमा विशेष गरी गजल र कविता वाचन गरेर भानुभक्त अचार्यको सम्झना गरिएको थियो । जसमध्ये भानु माध्यमिक विद्यालय बडिगाड ५ ग्वालिचौरका शिक्षक श्रष्टा टीका पाइजा, ित्रभुवन माध्यमिक विद्यालय बडिगाड गाउपालिका २ खर्बाङ्गका शिक्षक श्रष्टा कमल पौडेल, महेन्द्र आदर्श माध्यमिक विद्यालय मुसिकोट ७ वामीटक्सारका शिक्षक श्रष्टा विष्णुप्रसाद आचार्यले गजल वाचन गर्नुभएको थियो ।

तत्कालीन वामी श्रोतकेन्द्रका श्रोतव्याक्ति श्रष्टा टङ्कनाथ भण्डारी, महेन्द्र आदर्श माध्यमिक विद्यालयका शिक्षक श्रष्टा टेक राहडी, ित्रभुवन माध्यमिक विद्यालय बडिगाड गाउपालिका २ खर्बाङ्गका शिक्षक श्रष्टा भूमिराज गौतम, रुद्रावति बहुमुखी क्याम्पसका प्राध्यापक श्रष्टा सरोजराज बौद्दाचार्यले कविता वाचन गर्नुभएको थियो ।

तत्कालीन वामी श्रोतकेन्द्रका श्रोतव्याक्ति श्रष्टा टङ्कनाथ भण्डारी, महेन्द्र आदर्श माध्यमिक विद्यालयका शिक्षक श्रष्टा टेक राहडी, ित्रभुवन माध्यमिक विद्यालय बडिगाड गाउपालिका २ खर्बाङ्गका शिक्षक श्रष्टा भूमिराज गौतम, रुद्रावति बहुमुखी क्याम्पसका प्राध्यापक श्रष्टा सरोजराज बौद्दाचार्यले कविता वाचन गर्नुभएको थियो ।

शारदा विद्या मन्दिर माध्यमिक विद्यालय मुसिकोट ८ वामीमैदानकि श्रष्टा हरिमाया छन्त्यालले मुक्तक वाचन गर्नुभएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले प्रमुख अतिथिको रुपमा बोल्दै साहित्य सिर्जना र प्रकाशनको गतिलाइ बढाउन चाहेको बताउदै मुसिकोटमा आफ्नो कार्यकालमा नविनतम कार्यको सुरुवात भएको भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख गङ्गा श्रेष्ठले नयां पुस्तालाइ पनि कार्यक्रममा समेट्नुपर्ने बताउंदै पुस्तकालय स्तरउन्नतिको लागि आफ्नो पहल रहने बताउनुभएको थियो । सोहि कार्यक्रममा नगर शिक्षा अधिकृत प्रकाश नेपाली, व्यवसायी फूलप्रसाद सापकोटा लगायतले मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

आयोजित कार्यक्रममा वडानम्बर ७ का पुर्व वडाध्यक्ष प्रकाश काफ्ले, नेकपा एमाले मुसिकोटका सचिव रामकृष्ण कंडेल, रुद्रावति बहुमुखि क्याम्पसका सन्चालक समितिका अध्यक्ष भुवन केसी, समाजसेवि सुन्दर प्रधान, नविन कक्षपति, भोजराज सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

जेष्ठ नागरिकहरुको लोकभजनले कार्यक्रम थप आकर्षक बनेको थियो । संस्थाका सदस्य महेश्वर घिमिरेको स्वागत मन्तव्य, सचिव सरोजराज बौद्दाचार्यको सन्चालन रहेको कार्यक्रमको अध्यक्षता रामचन्द्र श्रेष्ठको रहेको थियो ।

प्रत्येक सर्जकहरुलाइ मायाको चिनोले सम्मान गरिएको थियो । उपस्थित सबैले भानुभक्त आचार्यको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको