गुल्मी मालिकाको कार्यक्रम सन्चालनप्रती बमबहादुर कार्कीको मन दुख्यो
युनिक खवर✍️
गुल्मीको मालिका गाउँपालिकामा यस बर्षको यतिखेर चौथो राष्ट्रपति रनिङ शिल्ड सन्चालन गरिएको छ।श्री देविस्थान उच्च माध्यमिक विद्यालय,भानुपोखरा घमिर,गुल्मीमा सन्चालन भईरहेको कार्यक्रममा सम्झिनुपर्ने ब्यक्तित्वहरू लाई नसम्झिनु,नबोलाईनुले धेरैले मन दुखाएका छन।
मन दुखाइको पीडा शरीर दुखाइभन्दा कैयौं बढी हुन्छ । शरीर दुख्दा सबैले देख्छन्,तर मन दुखेको कसैले देख्दैन । देखाइको दुखाइभन्दा लुकाइको दुखाइ कैयौं गुणा धेरै हुन्छ ।
गुल्मीको माटोले जन्माएका कलाकार,नेपाल सरकारका पुर्व उपसचिब बोमबहादुर कार्कीले मालिका गॅाऊपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड को सन्दर्भ लाई लिएर सामाजिक सन्जालमा लेख्नुभएको छः ‘कठै मेरो गाउँ ...। हरपल गीत सङ्गीतलाई स्तरीय र प्रबिधियुक्त बनाउने कर्ममा रमाउने,प्राकृतिसङ्ग लय मिलाउँदै कहिले पानको पात,डॅाडैको देबि देउराली मार्फत जन्मभुमी गुल्मी लाई चिनाउनको लागि दिनरात लागिपरेका अभिभावक बोमबहादुर कार्कि लाई बिद्यालय र गॅाऊपालिकाले नसम्झिदा निकै खल्लो महसुस गरेका छन स्थानियहरू पनि।
सामाजिक सन्जालमा कार्की लेख्नुहुन्छः’संसारका जुन कुनामा पुगे पनि गाउँकै मात्रै याद आइरह्यो त्यही सेरोफेरो र भूगोलले त्यतै तानिरह्यो र त २०४७ सालमा घमिरबासी सम्पूर्ण आमाबुबा दाजुभाइ,दिदीबहिनी तथा बुध्दिजीवीहरुको आग्रहमा जीर्ण भएको भवनको पुनर्निर्माण गरी इज्जत धान्ने काम गरियो ! अझै पनि आफ्नो गाउँठाउँलाई माया गर्ने बानी छुटेको छैन र नछुटोस् पनि ! यतिबेला उक्त विद्यालयको प्राङ्गण राष्ट्रपति रनिङ शिल्डको माहोलमा रङ्गीन बनेकोछ,शायद सबैलाई उत्साहित बनाइरहेकोछ तर यो अवसर मात्रै होइन अन्य बार्षिकोत्सव तथा विद्यालयका नाममा हुने जयन्ती जस्ता शुभ कार्यहरूमा समेत अहिलेको प्रबिधियुक्त समयमा पनि इतिहास भुल्ने काम भइरहेकोछ’
सामाजिक संघ संस्थाहरूको स्थापना र सन्चालनमा धेरैको पसिना बगेको हुन्छ,त्यो ईतिहॅास हो।इतिहॅास सम्झिन जरूरी हुन्छ।अग्रजको सम्मान गरिएन भने त्यो संस्था लाई,समाज लाई घाटा हुन्छ।कार्यक्रमहरु गर्दा संस्था,समाज लाई फाईदा पुग्नेगरी आयोजक अगाडी बढ्न जरूरी छ।सबैको सम्मान लाई ध्यान दिन जरूरी छ।
आफ्नो जन्मस्थान प्रतिको मायॅा र संझना कार्कीले यसरी सम्झिनुहुन्छः’श्री देविस्थान उच्च माध्यमिक विद्यालय,भानुपोखर,घमिर,गुल्मी जहाँ २०२८ सालमा श्री देविस्थान मिडिल स्कुल स्थापना हुँदा आफूले पहिलो विद्यार्थी समुहको रूपमा ८ कक्षामा अध्ययन गरी बाँकी माध्यमिक र उच्च शिक्षा अध्ययनको लागि गाउँ छोडियो , जिल्ला छोडियो,बिस्तारै बाउ आमा,काका काकी , दाजुभाइ, दिदीबहिनी साथीभाइ तथा आफूलाई हुर्काउने बढाउने पढाउने र सरसल्लाह दिने अग्रज शुभचिन्तकहरु छोडियो तर परिस्थितिबस गाउँ ठाउँ अस्थायी रूपमा छोडिए पनि नकहिल्यै बसाइँसराइको सोच बनाइयो’