कलाकार कमल बराल प्रतिष्ठानको सदस्यमा मनोनित
रामकृष्ण कंडेल,वामीटक्सार✍️
राष्ट्रिय लोक तथा दोहोरि प्रतिष्ठान नेपाल,जिल्ला कार्यसमिति गुल्मीले कलाकार कमल बराललाई सदस्यमा मनोनित गरेको छ। वामीमैदानका स्थायी बासिन्दा बराल लामो समयदेखि लोक तथा दोहोरि संगीतमा सक्रिय रहेर स्थानीय कलाकार तथा सांगीतिक गतिविधिमा योगदान दिंदै आएका छन्।
बरालले युनिक खबरसंगको कुराकानीमा नयाँ जिम्मेवारीले आफूलाई थप उत्तरदायी बनाएको प्रतिक्रिया दिए।उनका अनुसार “लोकसंगीतको मौलिकता जोगाउँदै नयाँ पुस्तालाई अघि ल्याउने काम मेरो प्राथमिकतामा रहनेछ। स्थानीय प्रतिभालाई अवसर उपलब्ध गराउन सके उनीहरू सहजै राष्ट्रिय मञ्चसम्म पुग्न सक्छन्,” उनले भने।
बरालले संगीतलाई बाजारमुखी दबाबले प्रभावित नपारोस् भन्नेमा जोड दिएका छन। “गुणस्तर, पहिचान र हाम्रो मौलिक स्वरुप जोगाउँदै संगीतलाई सही दिशामा अघि बढाउनु अहिलेको आवश्यकता हो,” उनले थपे।
प्रतिष्ठानका पदाधिकारीहरूले बरालको अनुभव र सक्रियताले जिल्ला कार्यसमितिको आगामी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
बरालको मनोनयन सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बधाइ र शुभकामनाको लहर छाएको छ। स्थानीय कलाकार, संगीतकर्मी तथा शुभेच्छुकहरूले बरालको नयाँ भूमिकालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन।