तुफान परिकल्पना युवा क्लबको कार्यक्रममा आँपचौर भलिवल क्लवले जित्यो प्रथमस्थान
दिलु के सी,देउराली✍️
तुफान परिकल्पना युवा क्लब मुसीकोट नगरपालिका २ देउरालीद्धारा आयोजित खुल्ला तिज गीत तथा नृत्य कार्यक्रम सम्पन्न भएको छ। सहभागि ७ समुहमध्ये प्रथम आँपचौर भलिवल क्लव मुसिकोट ५ आँपचौर,द्वितीय त्रिभुवन माध्यमिक विद्यालय कुर्घा भुवाचिदी, तृतीय न्यु सनराइज युवा क्लव इस्मा भएका छन् जसमा प्रथम हुनेले १५हजार १५ र प्रमाणपत्र, द्वितीय हुनेले १० हजार १० र प्रमाणपत्र ,तृतीय हुनेले ५ हजार ५ र प्रमाणपत्र ,प्राप्त गरेका छन।सहभागि सबैलाई १ हजार ५ सय सहभागिताबापतको रकम प्रदान गरिएको छ ।
शुक्रबार क्लबको खेल मैदानमा सम्पन्न कार्यक्रममा ७ समुहले सहभागिता जनाएका थिए । सहभागी समूहले खुल्ला मौलिक तीज गित तथा नृत्य प्रस्तुत गरेको तुफान परिकल्पना युवा क्लबका अध्यक्ष महेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज तथा पञ्चमीको भोलिपल्ट सदाका वर्षहरूमा जस्तै यस वर्ष पनि विशेष गरी संस्कृति बचाउने अभिप्राय राखी ‘हाम्रो संस्कृति हाम्रो पहिचान संस्कार बचाउने हाम्रो अभियान भन्ने मुख्य उद्देश्यका साथ स्थापना भएको क्लवले विशेष अवसरमा समयसापेक्ष कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले प्रमुख अतिथिको रुपमा बोल्दै हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको शुभकामना व्यक्त गर्दै संस्कृति जोगाउनको निम्ति कार्यक्रमको आयोजना गर्ने क्लब तथा उपस्थित सम्पूर्ण समूहलाई सफलताको शूभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडानम्बर ७ वामीका वडाध्यक्ष हरिहर सापकोटा,वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष राम बहादुर महत, नेकपा एमालेका नगर कमिटीका सचिव रामकृष्ण कंडेल,खेलकुद बिकास समिति अध्यक्ष सन्दिप खत्री,अखिल नेपाल महिला संघ मुसीकोटकी अध्यक्ष सावित्रा विष्ट घिमिरे लगायत विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो ।कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकार उज्वल गिरी, कमल बराल र पूजा मगरको प्रस्तुति रहेको थियो ।
क्लबको अध्यक्षता महेन्द्र घिमिरे रहेको कार्यक्रमको सन्चालन सोही क्लबका पूर्व सचिव तथा महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालय वामी टक्सारका शिक्षक विष्णु प्रसाद आचार्य,चकितले, गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्लबका पूर्व सहसचिव राम प्रसाद आचार्यको रहेको थियो ।