नेपाली पत्रकारिताको विश्वासनीय आवाज: जीवन पाण्डेको विशेष दिन
युनिक खवर✍️
चर्चित नेपाली पत्रकार जीवन पाण्डे आज आफ्नो जन्मदिन मनाउँदैछन्। बाग्लुङ जिल्लामा जन्मिएका पाण्डे यतिखेर पत्रकारिता क्षेत्रमा सकृय देखिन्छन।उनको योगदान र सक्रियताले नेपाली सञ्चार माध्यममा विशेष पहिचान बनाएको छ।
यस अवसरमा जीवन लाई शुभकामना व्यक्त गर्दै साथी,सहकर्मी र पाठकहरूले जीवनमा स्वास्थ्य, खुशी र अझ सशक्त पत्रकारिता यात्राको कामना गरेका छन्।पत्रकारिता, समाजसेवा र जनअधिकारको क्षेत्रमा उनले देखाएको प्रतिबद्धता निरन्तर चम्किरहोस् भन्ने अपेक्षा राखिएको छ।
युनिक खवर डट कमका प्रधान सम्पादक तथा जीवन पान्डेका मित्र रामकृष्ण कंडेल को जीवनको बारेमा यस्तो मुल्यांकन छः”पत्रकार जीवन पाण्डे नेपाली सञ्चार माध्यममा सत्य र निष्पक्ष पत्रकारिताको प्रतीकका रूपमा परिचित छन्। उनका लेख,रिपोर्ट र प्रस्तुतीहरूले समाजका महत्वपूर्ण विषयलाई उजागर गर्दै जनचेतना बढाउने काम गरेका छन्। जीवन पाण्डेले सधैं निष्पक्ष दृष्टिकोण अपनाउँदै तथ्यमा आधारित रिपोर्टिङ गरेका छन्,जसले उनलाई पाठक र दर्शकबीच विश्वासयोग्य र सम्माननीय व्यक्तित्वको रूपमा स्थापित गरेको छ।उनका विचार र आलोचनात्मक दृष्टिकोणले नेपाली पत्रकारितामा नयाँ दिशा र प्रेरणा दिएको छ”
यसैगरी नवखवर डट कमका सम्पादक बिष्णु प्रसाद आचार्य चकितले पान्डेको जन्मदिनको दिन ब्यक्त शुभकामना यस्तो छः “उर्जा र सङ्घर्षका प्रतिमुर्ति आदरणीय जीवन पाण्डे सरलाइ जन्म दिनको शुभकामना”
“जीवन पाण्डे जस्ता पत्रकारहरूले सत्य र तथ्यलाई उजागर गर्दै समाजमा सकारात्मक प्रभाव पारिरहनुहोस,आजको दिन तपाईंको लागि विशेष खुशी र सफलताको दिन होस” युनिक खवर डट कम परिवारको तर्फ देखि यहिछ हाम्रो शुभकामना!