लन्डनमा हृदयघातबाट एक नेपाली युवाको निधन

युनिक खवर सम्बाददाता

लन्डनमा एक नेपाली युवाको निधन भएको छ। पूर्व मिस्टर यूके नेपाल रचित कुंवर (लाल) को लन्डनमा ‘हार्ट अट्याक’ का कारण निधन भएको हो।

करिब तीस वर्षीय कुंवरको बुधबार दिउसो झण्डै एक बजे साउथ इष्ट लन्डनस्थित निवासमा निधन भएको उनको पारिवारिक श्रोतले बताएको छ। उनको ‘कार्डियक अट्याक’ का कारण निधन भएको बताइएको छ।

स्वर्गीय कुँवर ‘यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिङ एन्फिटनेस’ (यूकेएनएफबीएफले आयोजना गर्ने ‘मिस्टर यूके नेपाल’ प्रतियोगिताको सन् २०१६ का विजेता हुन्।

लकडाउनका कारण महिनौंसम्म नेपालमा रोकिएका कुंवर दुई दिन अघि सोमबारमात्र लन्डन उत्रिएका थिए।

लामो समयदेखि लन्डन बस्दै आएका रचित परिवारसहित अष्ट्रेलिया बसाइ सर्ने तयारीमा रहेको पारिवारिक श्रोतले बताएको छ।उनका बाबु आमा नेपालमा छन्। अविवाहित कुंवरका दुई दिदी छन् भने उनी एक्लो छोरा हुन्।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको