वामी सेवा समिति जापानको आयोजनामा वृहत तीज कार्यक्रम हुने
युनिक खवर✍️
वामी सेवा समिति जापानको आयोजनामा हरितालिका तीजको अवसर पारेर जापानमा वृहत तीज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष दिलीप थापाले बताऊनुभयो।युनिक खवर डट कम संगको कुराकानीमा अध्यक्ष थापाले भन्नुभयोः ‘अगष्ट १७ तारिख जापानको टोकियो स्थित गेक्को मिसन रेष्टुरेन्टको हलमा उक्त कार्यक्रम आयोजना गरिएको छ’
गुल्मेली समाज जापानको प्रबक्ता समेत रहनुभएका संस्थाका अध्यक्ष थापाले जापानमा रहेका सम्पुर्ण वामेलीहरुलाई मौलिक तीज गित तथा आफना चेलीहरुलाई दर खुवााउने कार्यक्रममा सहभागिताको लागि बिशेष आग्रह गर्नुभएको छ।’तीज पर्वलाई भव्य रुपमा मनाउन,आपसी भेटघाट र सदभाव बढाउन एवम् मनोरञ्जन लिनका लागि यो कार्यक्रम महत्वपुर्ण हुने छ’वामी नमुना समाज को संस्थापक अध्यक्ष समेत रहनुभएका यस संस्थाका अध्यक्ष थापाले बताऊनुभयो।