सालिमे आश्रममा छबि प्रकाशानन्दको ५४ औं स्मृति दिवस मनाइयो

विष्णुप्रसाद आचार्य चकित✍️

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ८ सालिमे आश्रममा छबि प्रकाशानन्द सरस्वति महाराजको ५४ औं स्मृति दिवस तथा गुरु भण्डारा कार्यक्रम सम्पन्न भएको छ ।

श्रावण शुक्ल द्वादशीका दिन तत्कालिन छबि प्रकाशानन्द सरस्वति महाराजको समाधिस्थल सालिमे तपोभूमिमा उहाको सम्झनामा स्मृति दिवस मनाइएको सालिमे आश्रमका संरक्षक श्री १००८ भाष्करानन्द सरस्वति महाराज (भानु गुरु) ले बताउनुभयो ।

उक्त अवसरमा मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल जीवनले प्रमुख अतिथिको रुपमा बोल्दै सालिमे क्षेत्रको विकासको लागि मुसिकोट नगरपालिकाले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग रहने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा रामकोट आश्रम काठेखोला गाउपालिका बिहुं बाग्लुङ्गबाट आउनुभएका हंश चैतन्य सरस्वति महाराजले बोल्दै धार्मिक महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

सालिमे तपोभूमिमा बिगत १३ वर्षदेखि तपस्या गर्दै आउनुभएका श्री १००८ भाष्करानन्द सरस्वति महाराजले उपस्थित भक्तजनहरुलाइ स्वस्तिवाचन गरेर स्वागत गर्नुभएको सालिमे आश्रम विकास समितिका सल्लाहकार रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउपालिका, सत्यवति गाउपालिका र बाग्लुङ्गको बडिगाड गाउपालिका, गल्कोट नगरपालिका लगायतका क्षेत्रबाट सयौंको उपस्थिति रहेको थियो ।

मङ्गलबारको कार्यक्रमको लागि भक्तजनहरु सोमबारदेखि नै आश्रममा बास बस्न पुगेका र सोमबारदेखि मङ्गलबार साझसम्म नै भजनकिर्तन नाचगान, पूजापाठ गरी स्मृति दिवस मनाइएको छ ।

स्थानियका अनुसार गुरु भण्डारामा गुरुभक्ति, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका कारण सालिमे तपोभूमिमा पुग्ने गरेको बताएका छन ।

समितिका अध्यक्ष नारायण सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा समाजसेवि गोपिकृष्ण खरेलले कार्यक्रमको सन्चालन गर्नुभएको थियो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको