गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय पुग्यो
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार सोमबार एकै दिन १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ सय पुगेको हो। समुदायस्तरमै कोरोना भाइरस संक्रमण पुष्टिभएसँगै जोखिम बढेको छ।