को को बन्दै छ्न त नेकपामा मन्त्री , मन्त्री बन्नको लागि नेकपामा दौडधुप चलिरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद लगभग अन्त भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागको अडानबाट पछि हटेपछि विवाद लगभग अन्त भएको हो ।विवाद अन्तलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । उनले मन्त्रिमण्डल पुर्नगठन र केही मुख्यमन्त्रीहरु हेरफेर गरेर पाँच वर्षे कार्यकाल सुनिश्चित गर्ने रणनीति बनाएका छन् ।

ओलीले विवाद समाधानको खाका बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा एउटा कार्यदल बनाएर सचिवालयबाट अनुमोदन समेत गराए । कार्यदलमा रहेकाहरुमध्ये अधिकांश उनको खरो आलोचक थिए । जसमध्ये स्थायी कमिटी सदस्य भीम रावल पनि थिए । सुरेन्द्र पाण्डे, जर्नादन शर्मा, पम्फा भुषाल पनि उनका अलोचक हुन् ।शंकर पोखरेल ओलीका प्रीयपात्र हुन् । अब यीमध्येबाट अधिकांश मन्त्री बन्ने चर्चा चलेको छ । विरोधीलाई चुप लगाएका ओलीले मन्त्रीको आशा देखाएर एकजुट भएका राजीनामा पक्षधरलाई तितरबितर समेत पारेका छन् ।

नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठनको तयारीसँग ओलीको विरोध गर्नेहरु चुपचाप भएका छन् । कतिपयले ओलीलाई नचिढ्याउने बरु उनका निकटस्थसँग भेटेर मन्त्री बन्ने चाहना व्यक्त गर्न थालेका छन् । मन्त्री बन्ने लबिङ खुबै चलेको छ ।यसपटक अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतमले समेत कोटा पाउने छन् । उनीहरुको कोटाबाट मन्त्री बन्दा पनि ओलीको समर्थन विना असम्भव हुन्छ । त्यसैले उनीहरु गुटमा मिलाएर ओलीको साथ पनि खोज्न लागिपरेका छन् ।

प्रचण्ड आफ्नो पक्षबाट मन्त्री भएका रामबहादुर थापा बादल र लेखराज भट्टको बर्हिगमन चाहिरहेका छन् । उनीहरुले अप्ठ्यारो पर्दा साथ नदिएको भन्दै प्रचण्डले आफ्नो कोटामा नपार्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । बरु पम्फा भुषाललाई मन्त्री बनाउन प्रचण्ड तयार देखिएका छन् ।माधव नेपालले योगेश भट्टराई र घनश्याम भुषाललाई साथ नदिने बुझिएको छ । दुवैले आफूलाई साथ नदिएको भन्दै अब मन्त्रीका लागि अन्य नाम लाने नेपालको तयारी छ । उनको कोटाबाट भीम रावल र सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ ।

झलनाथ खनालले पनि सुरेन्द्र पाण्डेलाई बढाउने भएकाले उनको सम्भावना बलियो रहेको छ ।बामदेव गौतमले योगेश भट्टराई र घनश्याम भुषाललाई निरन्तरता दिनुपर्ने प्रस्ताव लाने तयारी गरेका छन् । उनलाई पनि राष्ट्रियसभामा लगेर मन्त्री बन्न प्रस्ताव छ । तर, कानुनी अड्चन आउने भएकाले गौतम पार्टीको काम गर्ने पक्षमा छन् । गौतमको कोटाबाट उनकी पत्नी तुलसा थापा पनि मन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।मन्त्री बन्ने दोडधुप चलिरहँदा ओलीले अझै केही समय लिने बुझिएको छ ।

कार्यदलको खाकाबाट सबै कुरा मिलेर पाँच वर्ष प्रधानमन्त्री बन्ने सुनिश्चित भएपछि मात्र ओलीले पुर्नगठन गर्ने बुझिएको छ ।मुख्यमन्त्रीमा पनि एक या दुईजनाको हेरफेर हुनसक्ने बुझिएको छ । ३ नम्बर प्रदेशमा डोरमणि पौडेलको साटो अष्टलक्ष्मी शाक्यको सम्भावना बलियो छ । प्रदेश १ मा पनि शेरधन राईको साटो भीम आचार्य आउनसक्ने सम्भावना छ । यसरी ओलीले माधव नेपाल र झलनाथ खनाल दुवैलाई चुप लगाउने तयारी गरेको समाचार कास्की खबरले प्रकाशित गरेको छ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।