मित्ररास्ट्र चिनको इतिहॉस बाट के बुझ्ने के सिक्ने:युवराज संग्रौला

चिनको इतिहासमा चिङ्ग बंसको राज्य ब्यबस्था थियो। कांङ्ग्सी सम्राटको ४७ बर्षमा एल्लो नदिमा बाढी आयो र लाखौं मानिसलाई घरबार बिहिन बनायो। यी सम्राट जनताको ख्याल राख्ने राम्रो मानिस थिए। उनी भन्थे, "जनताको सम्मान त उनीहरुको भलो नै राज्य, शासन र राजनीतिको आधारशिला हो।" तर जब बाढीपीडित जनतालाइ उद्धार गर्न उन्ले आदेश दिए, अर्थमन्त्री रहेका उन्का छोराले जानकारी दिए राज्यको कोषमा एक कौडी पनि छैन। उन्ले खातापाता हेरे, तेसबेलाको जमानाको १२ करोड भन्दा बढी राजस्व राजकुमार, सामन्त, सैनिक जनरल, शिक्षक, कर्मचारीले ॠण लगेर नतिरेका रहेछ्न। सम्राटले अफ्नो एकजना भलो छोरालाई यो रकम उठाउन आदेश दिए। तेसपछि के के भयो?

१. सबै ब्यापारी, भारदार, मन्त्री, सैनिक जनरल, कर्मचारी र प्राध्यापकले भोजको आयोजना गरे र प्रभावित पार्न खोजे। तर त्यो राज कुमारले उमिहरुको भोज खाएन। हाम्रोमा मन्त्रीहरु कति खुखी हुन्थे होला यस्तो भोज खान पाउँदा?

२. यो राजकुमार एकजना असल कन्फुशियन शिक्षकको गयो। कसरी उठाउने होला यो धन? उस्ले सोध्यो? ती शिक्षकले चारथरीका मानिसले यो धन खाएको बताए र राज्य कसरी खोक्रो पारे भन्ने बताए। (क) पहिला थरी हुन राज्यका थोरै तलबमा काम गर्ने गरिब कर्मचारी जस्ले आफू बांच्न, बाबुअमा पाल्न, छोराछोरी पाल्न राज्यको कोषबाट पैसा लिएर तिरेनन। ती कम्जोर मानिसले के तिर्नु? तर पनि तिन्ले घर बेचेर पनि तिर्छ्न। हाम्रो देशमा भ्रस्टाचारको मुद्दा चलाएका सबै यस्ता सानातिना कर्मचारीले सजाए पाएका छ्न, ठुलाजतीले सफाइ पाएका छ्न। यस्ता ठुलाबाट न्यायाधीश र वकिल दुबैले राम्रो कमाइ गर्छ्न।(२) दोस्रो थरीका मानिस लुकेका बिरोधि हुन, जो राज्य तहस नहस पार्न काम गरिरहेका मानिस हुन्छ्न। यिन्ले राज्यको जे पनि समाप्त पार्छ्न। हाम्रोमा हिजो मोजमस्ती गरेका थुप्रै छ्न, जो अहिलेको परिबर्तन बिरोधि हुन तर बोल्न सक्तैनन। यिनिहरु राज्यको सम्पत्तिमा भ्रष्टाचार गर्छ्न। (३) तेस्रो थरि हुन, लोभी भारदार, ब्यापारी, राजकुमार, आदि। यी सबैभन्दा घिनलाग्दा अपराधी हुन। यिनिहरु सत्ताको वरिपरि बसेर चाकरी गर्छ्न र राज्य बर्बाद गर्छ्न। हाम्रोमा अहिले कथित बुद्धिजिबि, ब्यापारी र छोटेबढे नेता छ्न। जो पद र नितिमा भ्रस्टाचार गर्छ्न। यिनिहरुले नेता समातेका हुन्छ्न। भ्रम पार्छ्न र राज्य लुट्छ्न। नियुक्ति, ठेक्का र लगानीका नाममा राज्य लुट्छ्न। (घ) चौथो खालका सतामा बसेर सुबिधा लिन्छ्न। हाम्रोमा महंगा गाडी किन्छ्न, बिरामीका नाममा पैसा लिन्छ्न, र योजनाका नाममा पैसा लान्छ्न।

३. कांङ्ग्सीको आदेशले तहल्का मचियो। पैसा उठाउन थालियो। राजाका छोराले भने त्यो हाम्रै बाबुको सम्पत्ति हो, हामिले किन खान नपाउने। मास्टरले भने हामीले मानिस पढाएर राज्य चलेको छ, हामी खांदा के को रीस? यस्तै यस्तै

५. तियन वेन्चिङ्ग भन्ने एउटा देशभक्त न्यायाधीशलाई कार्बाही गर्ने अधिकारी नियुक्त गरियो। उस्ले सबैभन्दा पहिला चांदीको एक टेल पैसा नतिर्ने मास्टरलाई पक्राउ गरि ल्यायो।" यति थोरै पैसा नतिरेकोमा मलाइ पक्राउ गर्ने, तंलाइ थाह छैन म शिक्षकको प्रमुख हुं?" त्यो न्यायाधीशको जवाफ थियो, "असल मानिसले न्यायको कुरा गर्छ, मुर्खले हैसियतको कुरा गर्छ।" धेरै खानेले त फाइदाका लागि खायो, तैले त राज्य अलिकती म पनि खान्छु भनेर खाइस, तं झन ठूलो अपराधी होस। अपाराध अपराध नै हो भनेर अपराध गर्ने भन्दा राज्य कोष मास्ने तर तेस्लाइ अपराध नमान्ने अपराधी झन ठूलो अपराधी हो।" हाम्रोमा पनि नेताहरूले राज्यको सेवाका लागि राजनीति होइन, राज्यबाट सेवा र लाभ पाउन राजनीति गर्ने संस्कार बन्यो। मास्टर कर्मचारी सबै उस्तै हो। असले मूल्य र मान्यता र बिचारधारा खोज्छ, मुर्खले आनन्द र पद खोच्छ। असलले समस्याको समाधान खोच्छ, मुर्खले आलोचना गरेर चर्को कुरा गरेर अरुलाइ मूर्ख बनाउंछ।

हाम्रो मा यो कांङ्गसी जस्तो एउटा नेताको आवस्यकता छ। तियान बेन्चिङ्ग जस्तो एउटा न्यायाधीशको अवास्यक छ। त जनता नै रास्ट्रका मालिक हुन भन्ने एउटा बिचारधाराको आवास्यक्ता छ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।