कार्यदलको प्रतिवेदनमा अब अध्यक्षद्वयले अध्ययन गरेर पार्टीको सचिवालय बैठकमा छलफल गर्ने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले विवाद समाधानका लागि सुझावसहितको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बुझाएको छ ।कार्यदलको प्रतिवेदनमा अब अध्यक्षद्वयले अध्ययन गरेर पार्टीको सचिवालय बैठकमा छलफल गर्ने तयारी देखिन्छ।

प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको तर्फबाट महासचिवसमेत रहेका कार्यदल संयोजक विष्णु पौडेलले अध्यक्षद्वयलाई विवाद समाधानका लागि सुझावसहितको प्रतिवेदन बुझाएका हुन् ।

कार्यदलका एक सदस्यका अनुसार स्थायी कमिटीको बैठकलाई नियमित एजेण्डामा लैजाने, प्रधानमन्त्रीको राजीनामा बैठकको एजेण्डा नबनाउने, सैद्धान्तिक तथा विवादका अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने र चैतमा महाधिवेशन गर्नेगरी सुझाव दिइएको छ । त्यस्तै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल गरेरमात्रै गर्नेलगायतका कुरा पनि समेटिएको छ ।

त्यस्तै सरकारको नेतृत्व अध्यक्ष ओलीले गर्ने र पार्टीको सबै कार्यकारी अधिकार प्रचण्डमा हुने प्रतिवेदनमा उल्लेख छ । संघीय सरकारको मन्त्रिमण्डल र आवश्यकता अनुसार प्रदेश सरकार हेरफेर गर्ने, कोरोनाको संक्रमण कम भएपछि केन्द्रीय कमिटी बैठक बोलाउने लगाएतका विषयमा प्रतिवेदनमा उल्लेख गरिएको ती सदस्यले जानकारी दिए ।

कार्यदलको प्रतिवेदनमा अब अध्यक्षद्वयले अध्ययन गरेर पार्टीको सचिवालय बैठकमा छलफल गर्ने तयारी गरिएको छ । नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वय ओली-प्रचण्डले महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेका थिए । कार्यदल गठनलाई सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।