नेपालमा शैक्षिक परिवर्तनको आवश्यकता:चिन्तामणी सापकोटा

आज विज्ञानले धेरै फड्को मारिसकेको छ जसले गर्दा विश्व दिन प्रतिदिन सॉघुरोमा परिणत हुँदैछ।आज अमेरिका,चीन जापान जस्ता देशहरूले विकासमा धेरै अगाडि फड्को मारिसकेका छन।केही समय अगाडि विकासोन्मुख अवस्थामा नेपाल सँग रहेको देश भारत विकाससिल देशमा परिणत भइसकेको छ।तर विडम्बना भनौ नेपाल भने विकासोन्मुख देशमै सिमित रहेको छ,जसले गर्दा नेपालमा बेरोजगारी,अशिक्षा र गरिबी बढ्दै गरेको छ।वास्तवमा यही हो त अहिलेको नया नेपाल? वर्तमान परिस्थितीमा देशको अवस्था विश्लेषण गर्ने हो भने बिकराल डर लाग्दो स्थिति देखापरेको छ।दक्ष युवा शक्ति रोजगारीको समस्याले गर्दा विदेश पलायन हुन बाध्य छन्ला।लाखौं युवाहरु रोजगारीको अभावमा देशभित्र र बाहिर भौतारिन बाध्य छन।

यस्तो बिकराल परिस्थिति रोक्ने कसले?सबै सँग प्रश्नै प्रश्न छन तर यस प्रश्नको उत्तर भने कसै संग छैन।आजको नयाँ नेपालमा व्यवसायिक र उत्पादनमूलक शिक्षा लागू गर्न,शिक्षा संरचनामा आमूल परिवर्तन गर्न आवश्यक देखिएको छ।अहिले विश्व समुदायसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा प्रणाली लागू हुनुपर्दछ जसले गर्दा नेपाली युवा विश्वसँग खुलेर अगाडि बढ्न सकुन। नेपाली समाज लाई आधुनिक भौतिक सुविधाले सम्पन्न गराउने खालको शिक्षा प्रणालीको विकाश आज शिक्षा क्षेत्रको आवश्यकता हो।शिक्षा क्षेत्रलाई रोजगारीमूलक सभ्य समाज निर्माण गर्न शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ।

अबको आवश्यकता भनेको आर्थिक क्रान्ति हो।आज विश्व वातावरण परिवर्तनका कारण नेपालमा रहेका हिमटाकुरा पग्लने क्रममा छन।नेपाल बनबिनाश र वातावरणीय परिवर्तन रोक्न असमर्थ भएको छ त्यसैले अबको शिक्षा वातावरण मैत्री हुनु पनि आवश्यक छ।यसै सन्दर्भमा ‘ग्रिन केमेस्ट्री‘जस्ता नयाँ वातावरण मैत्री बिषय हरू प्रयोगमा आएका छन् जुन हाम्रो लागि पनि सान्दर्भिक हुन सक्छ।

शिक्षा त्यस्तो हुनु पर्दछ जुन शिक्षाले विश्व परिवर्तन गर्न सकियोस।नेपालमा बस्ने सबै जना के बृध्द,के युवा, के बच्चा,के समाजसेवी के राजनीति दल सबैको एउटै लक्ष भएमा मात्र यो उद्देश्य प्राप्ति हुन सक्दछ।अब देश विकासको निम्ति आम नेपालीहरु एक भएर देशका लागि सोचौं भन्ने सारा नेपालीको चाहना छ।

(लेखक चिन्तामणी सापकोटा लामो समय देखि शिक्षण पेशामा कृयाशिल हुनुहुन्छ।)

Related Post
गजल

गजल

सबैको मन एउटै हुन्न के के सोच्छन् ब द मा स हरु , गिद्धेदृष्टि परेका छन् ओठमा लालीको तीजमा सानु तडक भडक नगर धेर बेला पनि राम्रो छैन अचेल । नपर्ख उसलाई भर छैन द्यौरालीको तिजमा सानु ।। नजाउ घरबाट टाढा कोरोना सर्ला भन्ने डर छ , नमान डर कसैको तिमी गालीको तिजमा सानु ।।