कार्की दम्पतिको तीजिगीत बामरी बजारमा आयो

रामकृष्ण कडेल,वामिटक्सार

नेपाली लोक सांस्कृतिक क्षेत्रका हस्ती लोकदोहोरी गायक बमबहादुर कार्की र शिव अाले कार्कीको सक्रियतामा तिजिगित बामरी बजारमा आएको छ।राष्ट्रिय लोक दोहोरी गायक बमबहादुर कार्किको लय तथा शब्द,शिव आले कार्कीको स्वर,महेन्द्र भण्डारीको संगीत संयोजन,दुर्गा पौडेलको छायांकन,विष्णु शर्माको सम्पादन रहेको यस बामरी तिजिगित को रेकर्डिङ मारुनी डिजिटलले गरेको बताइएको छ।प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन साथै गिता श्रेष्ठको समूह गायन रहेको निकै कर्णप्रिय स्वर लय रहेको यस तिजि गित यस बर्षकै उत्कृष्ट तिज गीत हुन सक्ने धेरैले अनुमान गरेका छन्।


सामुहिक नृत्यमा छम छमी पुतली झै गरि थुप्रै महिला दिदीबहिनीहरुले आफ्नो उत्कृष्ट प्रस्तुति निकै मिहिनेतका साथ नृत्य मार्फत प्रस्तुत गरेको देखिन्छ। शब्द संयोजन निकै उत्कृष्ट रहेको यस तिजगीतको विशेषता हो।शहर होस् वा ग्रामीण क्षेत्र,देश वा प्रदेश सबै ठाउँमा बसोबास गर्ने नेपाली दर्शक श्रोता हरु को लागी लय पनि उत्कृष्ट रहेको छ।’सिरैमा मेरो गुरधौलीको फुल हो दिदीबैनी कानैमा बामरि, नाची देउ छमछमी’भन्दै मिठो मुस्कान सहित शिव आले कार्कीले श्रोताहरूलाई न्याय दिएको अबस्था छ। हिमाल-पहाड-तराई रशहरी क्षेत्रका महत्वपूर्ण उत्कृष्ट दृश्यहरु भिडियोमा प्रस्तुत गरी लोक सांगितिक क्षेत्रका दर्शक श्रोताहरु लाई कलाकार कार्की दम्पतीले ठूलो गुन लगाएको बुझिन्छ।गीतको भिडियोमा छम्म छम्म पुतली झैँ गरी महिला कलाकार हरु नाचेको दृश्य हेरेरै नथाक्ने खालका छन्न।विदेशमा रहेका लोक पारखी नेपाली दाजुभाई दिदी बैनी हरु ले यो बामरि गित हेरेर नेपालमै रहेको महसुस गर्ने दृश्यहरु गीतमा संलग्न गरिएको छ।हिमाल, ग्रामीण क्षेत्रका बस्तिहरु,हरियाली युक्त खेत को दृश्य,नदीनाला,तलाउ का दृश्यहरु भिडियोमा संलग्न गरिएको छ।बामरि गीतमा नित्य गर्ने कलाकारहरुले झुम्कना, नौगेडी,तिलरी,पाउजु लगायतका ऐतिहासिक पृष्ठभूमि झल्काउने गहनाहरू र आकर्षक नेपाली भेषभुषा हरु लगाएर कम्मर मर्काई मर्काई नाचेको देख्दा दर्शकहरु लाई थप आनन्द प्रदान गरेको छ।

पछिल्लो समय नेपाली लोक सांस्कृतिक क्षेत्रमा देखापरेको पश्चिमेली छाडा शैली बाट जोगाउनको लागि विभिन्न समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका कार्की दम्पतीहरुले २०७७ सालको तीजको पूर्वसन्ध्यामा बामरी नामको तिजिगित ल्याऊनु देश-विदेशमा रहनुभएका लोकगीत पारखीहरु लाई न्याय भएको छ।बामरीमा देशका विभिन्न महत्वपूर्ण स्थानहरूमा पुगी गीत अनुसार का दृश्यहरु छायांकन गरिएको छ।लोक सांगीतिक क्षेत्रको महत्व नबुझिकन केवल युट्युबमा भीउज हरु बढाउने उद्देश्यका साथ कतिपय कलाकारहरु ले डिस्को लाइटहरु,उच्छृंखल नृत्य र भेषभुषा हरु का साथै सहर का महंगा लज रेस्टुरेन्ट हरुमा छायांकन गरी संयोजन गरी सस्तो लोकप्रियताको लागि तीजीगीत बजारमा ल्याएको परिपेक्ष्यमा बामरीले लोक संगीत पारखीहरु लाई न्याय दिएको छ।

नेपाल सरकारको सहसचिव जस्तो जिम्मेवारीबाट अवकाश प्राप्त भए पश्चात पनि निरन्तर नेपाली लोक सांस्कृतिक क्षेत्रमा विचलन आउन नदिन साथै यस क्षेत्रको संरक्षण तथा सम्बर्धनका लागि राष्ट्रिय लोकदोहोरी गायक बमबहादुर कार्की र वहाँकि धर्मपत्नी शिवा आले कार्की ले आफु हरू बाचुन्जेल सम्म यस सांगीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।’मौलिक लोक सॉगितिक क्षेत्र लाई बचाई राख्न लाखौ दर्शक श्रोताहरूको आफुले साथ समर्थन र मॉया पाऊदै आएको र भबिस्यमा पनि सक्दो सहयोगको अपेक्षा राखेका छौ’हजारौं गित हरू बजारमा ल्याई सक्नु भएका गुल्मेली गायक बमबहादुर कार्कीले हामी संग बताऊनु भयो।

Related Post
चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

चर्चीत मोडल ओ बि रायमाझीको नयाँ गीत “लहै लहै”को अपार सफलता

मोडेल ओ बि रायमाझीले आफु लाई पहिलो पटक गायकको रुपमा प्रस्तुत भएको बताईएको छ।बाहिर भेट्दा देखे भने बाउ आमा ले कराउलान,लुकि लुकि भेटम गाइको गोठमा,जस्ता मन छुने शब्द ले भरिएको माया प्रेम को विषय बस्तु लाई समेटिएको छ।

दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

दृष्टिविहीन चेली सृष्टि केसीको अद्भूत कला भिडियोको साथ हेर्नुहोस्

'आँखाको ज्योतिले निश्चित ठाउँ मात्रै देखिन्छ तर मनको ज्योतिले त सन्सार देखिन्छ' भनेको सुन्दा, किताबका पानाहरुमा पढी रहदा अचम्म लाग्थ्यो किनकि हामी सबै एक्काइसौं शताब्दीको बिज्ञान र प्राविधि प्रयोगशालाको बिद्यार्थी हौं । तर आखिर आँखाको ज्योति भन्दा मनको ज्योति नै त तेजिलो हुनेरहेछ ।