भागबण्डा गर्नु हुँदैन भनेको स्किल खोज भनेको हो:युवा नेता डाक्टर चन्द्र भन्डारी

रामकृस्ण कंडेल,वामीटक्सार

युवा नेता डाक्टर चन्द्र भन्डारीले भागवण्डा नगर्नु भनेको अनिणर्यको बन्दी बन्नु भनेको होइन भन्ने बिचार ब्यक्त गर्नु भएको छ।हरेक दिन सार्बजनिक क्षेत्रका हरेक बिषयमा आफ्ना बिचार हरू सार्बजनिक गर्दै आऊनु भएका डाक्टर भन्डारीले हरेक दल भित्र देखिएको गलत सोच र चिन्तन प्रति लक्षित गर्दै खरो रूपमा लेख्नु भएको छ:’भागवण्डा गर्नु हुदैन भनेको पार्टीमा कुरा मिलेन भनेर खाली पद राख्नु भनेको होईन।भागवण्डा नगर भनेको जनचाहानालाई नजर अन्दाज गर भनेको होईन’

नाताबाद ,कृपाबाद,चाकडिबाद प्रती रूस्ट डाक्टर भन्डारीले क्षमता अनुसार ज़िम्मेदारी दिन नसक्नु राम्रो नभएको बिचार ब्यक्त गर्नु भएको छ।यसै सन्दर्भमा धार्मिक प्रसंग संझिदै डाक्टर भन्डारीले लेख्नु भएको छ’माहाभारमा गुरु द्रोणचार्यले आफ्ना छोरा अश्वस्थामालाई सर्वश्रेष्ठ धनुर्धर बन्ने शिक्षा नदिएर अर्जुनलाई दिएका थिए किनकी उनीलाई थाहा थियो मेरा छोरा‌ यस ज्ञान र पदकालागि सक्क्षम छैनन्’

फेसबुक मार्फत जारी डाक्टर भन्डारीको बिचार छ:’भागवण्डा नगर भनेको नसक्ने भारी नबोकाउ भनेको हो । हाम्रो देश भित्र यती धेरै अर्जुन छन खोज काम देउ सफल बन’सरकार प्रती डाक्टर भन्डारीको सुझाब छ:’सरकार !आखाँ खोल पार्टीको रसिदबाट माथी उठ,राष्ट्रवादको नाममा भोट लिने तर राष्ट्रवादी लाई कम्जोर बनाउनु हुदैन ‘

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।