कॉग्रेसमा किचलो शुरू

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै विरोधपत्र दर्ता गराएको छ ।

तोकिएको समयमा निष्पक्ष र स्वच्छ तरिकाले महाधिवेशन हुनुपर्ने भन्दै अहिले सभापति शेरबहादुर देउवाका गतिविधिले आशंका उत्पन्न गराएको भन्दै पौडेल समुहले विरोधपत्र दर्ता गरेका हुन् ।

महाधिवेशनको सुनिश्चितता, निश्चितता, विभागहरुको गठन, भातृसंस्थाको निर्वाचन र क्रियाशिल सदस्यता लगायतका विषय विरोध पत्रमा उल्लेख गरिएको छ । सभापति देउवाको विरोध गरिरहेको नेता कृष्णप्रसाद सिटौला समूहले भने यो विरोध पत्रमा हस्ताक्षर नगरेको बताइएको छ ।

विरोध पत्रमा पौडेल समुहका नेताहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापतिलाई १९ गतेसम्मको अल्टिमेटम दिएका छन् । असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन् ।

पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायतका माग राख्दै आएका छन् ।

विरोधपत्रमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, नवीन्द्राज जोशी, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियारलगायत लगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।