सरकारको प्रवक्तामा ज्ञवाली नियुक्त
सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त हुनुभएको छ।सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।यसअघि अर्थमन्त्री डा. युवराज खतिवडा सरकारका प्रवक्ता रहनु भएको थियो। । खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिएकोले प्रवक्तामा ज्ञवाली नियुक्त गरिएको हो।