सुनको मुल्यमा भारी गिरावट

यूनिक खवर सम्बाददाता,

 बढिरहेको सुनको मुल्य बितेको तीन दिन यता भने घट्न थालेको छ। आज मात्र भारी मात्रमा सुनको मुल्य घटेको छ।नेपाल सुन चाँदी ब्यवसायी महासंघका अनुसार आज तोलामै ६ हजार २ सय रुपैयाँले घटेको छ। एकै दिन तोलामा ६ हजार रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो।मंगलबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर आज बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ। यस्तै तेजाबी सुनको कारोबार प्रतितोला रु ९४ हजार ९ सय तोकेको छ।यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ।कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मुल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ।

Related Post
मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

काठमाडौं उपत्यकामा निषेधाज्ञामा भएपछि हरेक वाणिज्य बैंकको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय भएको थियो।

पेट्रोलको मूल्यमा वृद्धि

पेट्रोलको मूल्यमा वृद्धि

मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो।वृद्धि भएको मूल्य मंगलबार राती १२ बजेपछि लागू हुनेछ। योसँगै अब पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ।पेट्रोलको मुल्य बढेतापनि अन्य मुल्यहरु भने यथावत राखिएका छन् ।