मन्त्रिपरिसद बैठक सम्पन्न।

काठमाडौं

 सम्भवतः वर्तमान मन्त्रीपरिषद बैठकमा सबै मन्त्रीले एउटै बैठकमा पहिलोपटक बोलेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा सबै मन्त्रीसित राय मागिएको थियो।मन्त्रिपरिषद बैठकको सुरुवातमा राष्ट्रकवि माधव घिमिरेको निधनमा शोक प्रस्ताव पारित गर्दै सुरु भएको थियो । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार, त्यसपछि बाढी पहिरो पीडितलाई राहत तथा उद्दारका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो पीडितलाई तत्काल राहत र उद्दारका लागि निर्देशन दिएका थिए ।त्यसपछि प्रधानमन्त्रीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि के कसरी अघि बढ्ने भन्ने विषयमा अघि बढाएका थिए । सीसीएमसीले कोरोना रोकथाम तथा नियन्त्रणका बारेमा पहल कदमीका बारेमा संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ब्रिफिङ गरेका थिए । त्यसपछि सबै मन्त्रीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि के कसरी अघि बढ्ने भन्ने विषयमा बोलेका थिए ।

      मन्त्रीहरुले विगतमा गरिएको लकडाउन र अहिले देशका अधिकांश जिल्लामा भएका निषेधाज्ञा लगायतका विषयमा समीक्षा गर्दै आगामी दिनमा अघि बढ्ने विषयमा सुझाव दिएका थिए । सबै मन्त्रीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्नुको विकल्प नभएको सुझाव दिएका थिए । लकडाउनसँगै परीक्षणको दायरा बढाउन र लकडाउनले समस्यामा पर्नेहरुलाई राहत दिने लगायतका विषयमा सुझाव राखेका थिए ।मन्त्रीहरुको रायलाई सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री पोखरेल र मुख्यसचिवले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा ढोस प्रस्ताव बनाएर प्रधानमन्त्रीलाई बुझाउने र प्रधानमन्त्रीको सुझावको आधारमा निर्णयमा पुग्ने भएको छ ।एक अर्का मन्त्रीले भने कोरोना संक्रमणको भयावह स्थिति नियन्त्रण गर्नका लागि निश्चित समयसम्म लकडाउनमा जाने सरकारको तयारी छ । तर, लकडाउन मात्र नगरी लकडाउन गरेपछि अपनाउने रणनीतिसमेत तय गरेर अघि बढ्ने तयारीमा रहेको ती मन्त्रीले बताए ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।