गुल्मीको ठुलाखर्कका दलित समुदायका ७८जना नेकपामा प्रबेश

युनिक खवर सम्बाददाता
गुल्मीको मुसिकोट नगरपालिका वडानं८ठुलाखर्क,घैयार र आगोपार्ने क्षेत्रमा बस्दै आऊनु भएका७८जना ब्यक्ति हरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबध्द भएको पार्टीले जानकारी दिएको छ।आज ठुलाखर्क नजिकैको रिफर्क भन्ने स्थानमा आयोजित पार्टी प्रबेश तथा स्वागत कार्यक्रममा ७८जना भन्दा बढि ब्यक्ति हरू कॉग्रेस परित्याग गरी नेकपामा प्रबेश गरेको बताईएको छ। आफुहरूले हाल सम्म कॉग्रेस पार्टी लाई दिलो ज्यान दिएर सहयोग गर्दै आएको तर उक्त पार्टीले दुखको बेला साथ नदिएको भन्दै गरिब दिन दुखी हरूको पार्टी नेकपा भएको ठहर गर्दै सिंगो गाऊनै नेकपामा प्रबेश गरेको प्रेम बहादुर बि क को भनाई रहेको छ।

आफुहरू दलित समुदायको भएकोले बोल्न पनि लाज मान्ने गरेको भन्दै नबप्रबेशी जितबहादुर बि क ले सम्मान कार्यक्रममा अन्तिम समय सम्म आफु हरूले नेकपा पार्टी लाई साथ दिने निर्णय गरेको भनाई ब्यक्त गर्नु भएको थियो।

आजै उक्त औपचारिक कार्यक्रममा मुसिकोट नगरपालिका वडानं९ डॉसिकोट निवासी ठानिस्वर खरेल पनि नेपाली कॉग्रेस परित्याग गरी नेकपामा प्रबेश गर्नु भएको छ।नेकपाको बिचार बाट निकै प्रभाबित भई आफु आजैका मिती देखी नेकपामा प्रबेश गरेको खरेलले बताऊनु भयो।खरेलले नेकपा पार्टी लाई बलियो बनाऊन आफुले सक्दो सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गर्नु भयो।

नबप्रबेशी हरू लाई अतिथी हरूले फुल माला र अबिर लगाई स्वागत तथा सम्मान गर्नु भएको थियो।

पार्टी प्रबेश तथा स्वागत कार्यक्रममा मुसिकोट नगरप्रमुख शोमनाथ सापकोटाले पार्टी प्रबेशी हरू लाई स्वागत गर्दै बधाई ब्यक्त गर्नु भयो।नगरप्रमुख सापकोटाले नेकपा यथार्थैमा गरिबको पार्टी भएको बताऊदै आफु हरू निर्बाचित भईसके पश्चात गरिब लाईनै फाईदा पुग्ने खालका कार्यक्रम हरू ल्याएको बताऊनु भयो।कार्यक्रमको बिशिस्ट अतिथी समेत रहनु भएका नगरप्रमुख सापकोटाले हिजोको घैयार र आजको घैयारमा निकै धेरै परिबर्तन आएको बताऊनु भयो।आफु निर्बाचित भईसके पछी पहिलो काम यहॉ रहेका सबै खरका घर हरू बिस्थापित गरी टिनका छाना हरूमा परिबर्तन गरेको बताऊनु भयो।नगरबासिको गास,बास,कपासको ग्यारेन्टी गर्नका लागि आफुहरूले नगरपालिका मार्फत बिभिन्न कार्यक्रमहरू अगाडि बढाएको जानकारि दिदै ‘धेरै कुरामा संगै थियौं तर आज देखि नेकपा प्रबेश गर्नु भयो,अब सबै कुरामा संगै भईयो’नगरप्रमुख सापकोटाले बताऊनु भयो।’तपॉई हरूको लागि के गर्नु पर्छ भन्नुस हामी तयार छौ’सापकोटाको आग्रह थियो।आफु कसरी नेकपा भए भन्ने प्रसंग संस्मरण गर्दै सापकोटाले अन्यायले बिद्रोह गर्न सिकाएको बताऊनु भयो।गल्ती गर्नेले कार्बाहि भोग्नै पर्छ भन्दै भाद्र४गते ठुलाखर्कमा घटेको घटनाको प्रसंगमा नगरप्रमुख सापकोटाले सामान्य केश लाई असमान्य बनाईनु राम्रो नभएको टिप्पणी गर्नु भयो।’जसले गरे ती फटाहा हरू हुन’नगरप्रमुख सापकोटाको भनाई थियो।

नेकपा मुसिकोट नगर कमिटी ईन्चार्ज जिबन खरेलले नेकपामा प्रबेश गर्नुहुने ठुलो संख्याको दलित समुदायका ब्यक्ति हरू लाई बधाई ब्यक्त गर्दै कहिल्यै पनि पार्टीको तर्फ बाट शिर झुक्न नदिईने कुरा ब्यक्त गर्नु भयो।खरेलले अब छिट्टै नेकपाको सरकारले जनताको हित पुग्ने आशा लाग्दा कार्यक्रम हरू ल्याऊन लागेको जानकारी समेत दिनु भयो।

नगर कमिटी अध्यक्ष तथा कार्यक्रमका बिशिस्ट अतिथी खुमबहादुर थापाले देश र जनताको एक मात्र सच्चा पार्टी नेकपा भएको दाबि गर्दै ठुलो संख्यामा कॉग्रेस परित्यागगरी नेकपा प्रबेशले पार्टी थप मजबुत भएको बताऊनु भयो।अन्याय,अत्याचार र कुरिती हरू हटाऊनको लागि नेकपा पार्टी बलियो हुनुपर्छ’ थापाको भनाई थियो।

जिल्ला सदस्य गोबिन्द बि क(आकाश)ले नेपालमा दलित बर्गको ईतिहॉस प्रस्ट पार्दै यहॉको दलित आन्दोलन ससक्त बनाऊन कम्युनिस्ट पार्टी बलियो हुनुपर्ने कुरामा जोड दिनुभयो।एक फरक प्रसंगमा बि क ले ठुलाखर्क निवासी एक निर्दोष युवा रेशम बि क लाई केही मान्छे हरूले फसाऊन खोजेकोमा आक्रोश ब्यक्त गर्नु भयो।सत्यको बिजय भएरै छोड्छ भन्दै बि क ले रेशम बि क को परिवार लगायत समस्त दलित समुदाय लाई दुखको क्षणमा नआतिन बिशेष आग्रह गर्नु भयो।

वडानं८का वडाअध्यक्ष नारायण सापकोटाले मन्तब्यको क्रममा ठुलाखर्कमा भाद्र ४गतेको घटना धेरै समय पछी आफु लाई जानकारी दिईएको बताऊदै समाज बसेर मिलेको कुरा पछी उल्टाऊनु यहॉका केही मान्छे हरूको बेईमानी भएको बताऊनु भयो।एक फरक प्रसंगमा वडाध्यक्ष सापकोटाले यस क्षेत्रको बिकासको लागि आफु लागिपरेको र लागिपर्ने बचनबध्दता ब्यक्त गर्नु भयो।वडाध्यक्ष सापकोटाले गॉऊका पुरै दलित समुदाय नेकपा प्रबेशले आफु हरूमा हौंसला बडेको बताऊदै सापकोटाले घैयारमा तत्काल एक घर एक धारा र करड०खोला नजिक माझाकोचौरमा खेल मैदान निर्माण गर्ने बताऊनु भयो।

कार्यक्रममा सचिब अग्निधर लोहनी,नेकपा८नं वडा कमिटी ईन्चार्ज रामबहादुर बोहोरा,९नं पार्टी ईन्चार्ज रामकृस्ण कंडेल,,वडानं९का वडाअध्यक्ष नरेशराज खरेल,नगर कमिटी सदस्य चन्द्रबहादुर रसाईली,वडानं ८का वडासदस्य क्याप्टेन पुर्ण बहादुर घर्ती,जगतबहादुर रायमाझि,दलित अगुवा हरू हिमबहादुर बि क,बाबुराम परियार,प्रकाश बराल,नरबहादुर बराल,जुना परियार,प्रबिना परियार लगायतको बिशेष उपस्थिती रहेको थियो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)८नं वडा कमिटीको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा कमिटी अध्यक्ष चुराबहादुर खत्री,वडा कमिटी ईन्चार्ज रामबहादुर बोहोराको स्वागत मन्तब्य तथा वडाकमिटी सचिब मुक्त बहादुर गौतमको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

नेपालमा बहुदलीय ब्यबस्था आए पश्चात मुनपा८ठुलाखर्क क्षेत्रका ठुलो संख्याका दलित समुदाय नेपाली कॉग्रेसमा आबध्द रहदै आएका थिए।आज नेकपा द्वारा आयोजित कार्यक्रममा कॉग्रेस परित्याग गरी नेकपा प्रबेशको निर्णयले नेकपा उत्साहित देखिन्छ।यस गॉऊका १८बर्ष भन्दा माथिका ७८जना महिला पुरूष नेकपा प्रबेश गरेको आयोजक दाबि छ।कॉग्रेस पार्टीले यस क्षेती लाई कसरी परिपुर्ती गर्छ हेर्न बॉकीनै छ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।