पहिरोले सिद्धार्थ राजमार्गको ५० मिटर सडक बगायो

अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ ।डुम्रे खोलामा बहाव बढेको र माथिबाट खसेको पहिरोले राजमार्गको जगैबाट बगाएको छ । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको खसेको थियो.............

हेलिकप्टरबाट बालकको उद्धार

गुल्मीको चन्द्रकोट गाउँपालिका– २ स्थित विश्वुखर्कमा घरमै लडेर हातमा गम्भीर असर परेको बालकको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पाल्पा पुर्‍याइएको छ । अविरल बर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि प्रभु एयरको हेलिकप्टरमार्फत पाल्पाको मिसन अस्पताल पुर्‍याइएको हो..............

परोपकार बहुउद्देश्यीय सहकारी सस्था को नहर भत्किदा विद्युत उत्पादनमा समस्या

अविरल बर्षाले परोपकार बहुउद्देश्यीय सहकारी सस्था प्रा,लि मुसिकोट ७ वामीको नहर भत्किनुका साथै लेदोले पुरिदा बिद्युत अबरुद्ध भएको छ। १८९५ सेयर सदस्य रहेको बहुउद्देश्यीय सहकारी सस्थाका सदस्य परिवार उद्योग धन्धा आदि अनिश्चितकालिन अध्यारोमा बस्ने भएका छ्न..........

विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

काठमाडौं । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बुधबार अपरान्ह ४ बजे बस्न लागेको छ ।गएरातिदेखि परिरहेको पानीका कारण आएको बाढी तथा पहिरोले मुलुकका विभिन्न जिल्लामा क्षति गरिरहेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने परिषद्को बैठक बस्न लागेको हो........

एमालेले सरकारलाई भन्यो : विपत्तिमा परेकाहरुको तत्काल उद्धार गर

नेकपा एमालेले प्राकृृतिक विपत्तिमा समस्यामा परेकाहरुको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस विज्ञप्ति जारी गरी विपत्तिमा तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, वेपत्ताहरुको खोजी गर्न र बाढीले..........

मेलम्ची बजारमा घरको छतमा मानिसहरु फसे, उद्धारको प्रयास जारी

सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एउटा घरको छतमा चार जना फसेका छन् । उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ ।उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको टोली हेलिकप्टरबाट गइसकेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । ‘टाढाबाट हेर्दा घरको छतमा चार जना देखिन्छन्, उद्धारको लागि..............

गुल्मीका १२ ठाउँमा बाढीपहिरो, सडक अवरुद्ध, बाढीले रिडी जलमग्न

गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढीपहिरो गएको छ। बाढीपहिरोका कारण केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन्। धुर्कोट गाउँपालिका-५ र ७ मा पहिरो जाँदा ३ घर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ.............

जोर्तेमा टिप्पर दुर्घटना, १ जनाको घटनास्थल मै मृत्यु,४ जना घाइते

पाल्पाको जोर्तेमा २ वटा टिप्पर एकै साथ दुर्घटना भएको छ । बा ४ ख ७३२० र प्रदेश ३, ००१ क ०२५० नम्बरको २ वटा टिप्पर बुटवल वाट गुल्मी तर्फ कालीगण्डकी करिडोरको सिमेन्ट ल्याउदै गरेको अबस्थामा जोर्तेको ओरालोमा ब्रेक फेल भएर एक आपसमा ठोक्किदा सडक बाट करिब २५० मिटर भन्दा तल खसेको छ............

कर्णालीमा एमालेको एकल सरकार बन्छ : रिजाल

कर्णाली प्रदेशमा नेकपा एमालेको एकल सरकार बन्ने एमालेको नेता विष्णु रिजालले बताएका छन् । उनले सामाजिक फेसबुकमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।उनले लेखेका छन्, ‘कर्णालीमा हेर्दाहेर्दै नेकपा (एमाले)को हातबाट फुत्किएको राजनीतिलाई ४ सांसदको पुनर्बहालीसँगै अदालतले फेरि एमालेकै..............

माओबादी नेताको हत्यामा प्रयोग भएको पेस्तोल प्रहरीले गर्यो बरामद

कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोल प्रहरीले बरामद गरेको छ Iकपिलवस्तु नगरपालिका–१ आनन्दबाग स्थित कैलाश टोलका पूर्ण वीर पाल्पाली उर्फ मैसिनको घरबाट कटुवा पेस्तोल बरामद गरिएको कपिलवस्तुका एसपी नवराज अधिकारीले बताउनुभयो...............